गोकुल देवकोटा
२७ जेष्ठ २०८३ कालिकोट । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका-३ की ११ वर्षीया बिमला देवकोटा बाख्रा चराउन गएको क्रममा भिरबाट लडेर गम्भीर घाइते भएकी छ । दुर्घटनामा उनको टाउको तथा अनुहारमा गम्भीर चोट लागेको छ।


हाल उनको नेपालगञ्जस्थित न्यूरो हस्पिटलको आईसीयूमा उपचार भइरहेको छ। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च जुटाउन कठिनाइ भएको भन्दै परिवार तथा स्थानीयवासीले सहयोगका लागि अपिल गरेका छन्।




सहयोग गर्न इच्छुक महानुभावहरूलाई उपलब्ध गराइएका QR कोडमार्फत आर्थिक सहयोग गर्न अपिल गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
2







