कमल बिष्ट ।
१५ कार्तिक २०८२, कालिकोट ।
जिल्लाको महावै गाउँपालिका द्वारा आयोजना गरिएको चौथो “अध्यक्ष कप” महिला भलिबल प्रतियोगितामा नरहरिनाथ गाउँपालिकाको टिम उप-विजेता बनेकोमा आज गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्टले खेलाडीहरूलाई हार्दिक बधाई तथा स्वागत गरेका छन्।
स्वागत कार्यक्रममा अध्यक्ष बिष्टले खेलकुदले गाउँपालिकाको प्रतिष्ठा मात्र होइन, युवतीहरूमा आत्मविश्वास र सामाजिक सहभागिता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले गाउँपालिकाले आगामी दिनमा खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माण, उपकरण सहयोग र प्रशिक्षणको अवसरहरू उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे।

सो अवसरमा टिमका खेलाडीहरूलाई फूलमाला, खादा र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो। कार्यक्रममा गाउँपालिका पदाधिकारी, जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। 🏐✨


