कमल कोपिला ।
२७ मंसिर २०८२, कालिकोट ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड, कालिकोट शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत नरहरिनाथ गाउँपालिका वडा नं ८ लालुस्थित श्री मंगला सैनी माध्यमिक विद्यालयलाई नगद रकम १,९५,००० र डिजिटल तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ। ४ थान कम्प्युटर तथा आवश्यक स्टेसनरी सामग्री विद्यालयमा विशेष कार्यक्रममार्फत आज औपचारिक रूपमा बुझाइएको बताईएको छ।

विद्यालयमा आयोजित कार्यक्रममा बैंक पक्ष, विद्यालय परिवार, शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति उल्लेखनीय रहेको थियो।
विद्यालय व्यवस्थापन समिति (बि.ब्या.स) का अध्यक्ष लालबहादुर भण्डाराले आफ्को विद्यालयलाई डिजिटल प्रविधिको पहुँच बढाउन लक्षित गरी मेगा बैंक कालिकोट शाखाले देखाउनुभएको उदार सहयोगप्रति विद्यालय परिवार अत्यन्तै कृतज्ञता व्यक्त गर्नुभएको छ। शिक्षा जस्तो पवित्र क्षेत्रमा गरिएको यस किसिमको योगदान अतुलनीय रहेको र डिजिटल सिकाइ सुगम बनाउन, कम्प्युटर अध्ययनलाई सुदृढ बनाउन र विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग नजिक ल्याउन यो सहयोग ऐतिहासिक महत्त्वपूर्ण साबित हुने बताउनुभयो। साथै, आगामी दिनमा पनि यस्तो सहयोगको निरन्तरता रहनेमा आफुहरु आशावादी रहेको बताएका छन् ।

विद्यालय प्रशासनले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक मान्मा कालिकोट शाखाले प्रदान गरेको चार थान कम्प्युटर र शैक्षिक सामग्रीले विद्यालयमा प्रविधिमूलक शिक्षाको आधार बलियो बनाउने र अहिलेको शैक्षिक वातावरणमा कम्प्युटर शिक्षा अत्यावश्यक भएकाले यस समर्थनले विद्यार्थीहरूको सिकाइ गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्ने बताएको छ। मेगा बैंक र शाखा प्रमुख रोहन कुमार बिष्टज्यूलाई विद्यालय परिवारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त समेत गरिएको छ।
विद्यालयका शिक्षकहरूले साना कक्षादेखि नै डिजिटल सिकाइमा आधारित पाठ्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न अब सहज हुने बताएका छन । उपकरण अभावका कारण रोकिएका धेरै गतिविधि अब सक्रिय रूपमा सञ्चालन गर्न सकिने र विद्यार्थीहरूमा कम्प्युटरप्रति बढ्दो चासो र उत्साहलाई हेर्दा यो सहयोग निकै समयानुकूल र प्रभावकारी रहेको बुझिन्छ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक कालिकोट शाखाका शाखा प्रमुख रोहन कुमार बिष्टले मेगा बैंक सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य र समुदाय विकासका क्षेत्रमा निरन्तर योगदान दिंदै आएको संस्था रहेको पनि बताउनुभयो । ग्रामीण क्षेत्रका विद्यार्थीहरू डिजिटल प्रविधिसँग नजिक होऊन, आधुनिक सिकाइमा सहज पहुँच पाउन र भविष्यमा प्रविधिमैत्री बन्न सकून् भन्ने उद्देश्यले आफुहरुले यो सहयोग गरेको बताएका छ्न । साथै, विद्यालयले आवश्यक प्रभावकारी उपयोग गर्ने विश्वास लिएका र भविष्यमा पनि समुदायमैत्री कामलाई निरन्तरता दिने बताए ।
गाउँको विद्यालयमा यति ठूलो सहयोग आउनु आफैँमा गर्वको कुरा हो। अब विर्धार्थिले शहरमा पढ्ने विद्यार्थीसरह कम्प्युटर सिक्ने अवसर पाउने वातावरण बनेको छ ।
यस कार्यक्रमले श्री मंगला सैनी माध्यमिक विद्यालयमा डिजिटल सिकाइको नयाँ युग सुरु भएको छ। मेगा बैंकको यस पहलकदमीले ग्रामीण शिक्षा क्षेत्रलाई डिजिटल प्रविधितर्फ उन्मुख गराउन ठोस प्रभाव पार्ने अपेक्षा गरिएको छ।


