कमल कोपिला
२४ पुस २०८२ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा माध्यमिक विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ।

“रास्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, नरहरिनाथ गाउँपालिकाको अभियान, खेलकुदमा बालबालिकाको प्रतिभा पहिचान” भन्ने मुख्य नारा सहित खेलकुद विकास समिति नरहरिनाथका अध्यक्ष चिन बहादुर बोगटीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्ट प्रमुख अतिथिका रूपमा रहनुभएको थियो भने उपाध्यक्ष कमल कुमार शाह, जिल्ला खेलकुद विकास समितिका सदस्य अशोक शाही लगायतको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रममा जनप्रतिनिधि, विभिन्न विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो।

उद्घाटनको पहिलो दिन सम्पन्न ८०० मिटर दौड प्रतियोगितामा छात्र तर्फ जनता मावि रुप्सा प्रथम, नन्दादेवी मावि कोटवाडा द्वितीय र जनता मावि रुप्सा तृतीय भएका छन् भने छात्रा तर्फ जनता मावि रुप्सा प्रथम, जनप्रभात मावि लालु द्वितीय र रुपादेवी मावि उच्छव तृतीय भएका छन्। बाकी खेलहरु भोलि देखि हुने भएका छन । सो प्रतियोगितामा नरहरिनाथ भित्रका १० वटा विधालयले सहभागीता जनाएका छन ।

उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर बिष्ट लगायत वक्ताहरूले खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै खेलकुदको प्रवर्द्धन र विकासका लागि गाउँपालिका थप प्रतिबद्ध भएर लाग्ने र प्रतियोगितालाई सुन्दर, शान्त, सभ्य र भव्य रूपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS