कमल कोपिला
१८ माघ २०८२ कालिकोट । नेकपा एमाले नरहरिनाथ गाउँ कमिटीको पाचौं पूर्ण बैठक अध्यक्ष हिरामणी उपाध्यायको अध्यक्षता र जिल्ला कमिटी उपाध्यक्ष टेक बहादुर बुढाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

बैठकमा टेक बहादुर बोगटी (प्रविण) को संयोजकत्वमा १८१ सदस्यीय निर्वाचन परिचालन कमिटी अनुमोदन गरिएको छ।
बैठकले माघ २० गते सबै वडा कमिटीको बैठक बसेर चुनाव केन्द्रित योजना र रणनीति तय गर्ने निर्णय गरेको छ। सो बैठकमा बोल्दै प्रमुख अतिथि टेक बहादुर बुढाले नेता तथा कार्यकर्तामा आगामी निर्वाचनमा एमालेलाई विजयी बनाउने उत्साह रहेको बताउनुभयो। २०७९ को निर्वाचनमा कालिकोटमा १६ हजारभन्दा बढी मत ल्याए पनि नगिन्द्र शाही “नेशनल”ले पराजय भोगेको अवस्थामा यो पटक विजयी हुनेमा सबै नेता-कार्यकर्ता आशावादी छन्।
पार्टी सचिव प्रदीप बोहराले आगामी बैठकले ९ वटै वडाका वडा निर्वाचन परिचालन कमिटी गठन गर्ने जानकारी दिनुभयो।


