कमल कोपिला
१८ बैशाख २०८३ कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं २ डाडाखला स्थित श्री रुपादेवी आधारभूत विद्यालय डाडाखलामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सुरु भएको छ। आयुर्वेद स्वास्थ्य केन्द्र कालिकोटको आयोजनामा तथा नरहरिनाथ गाउँपालिकाको समन्वयमा सञ्चालन भएको उक्त शिविर आजदेखि प्रारम्भ भएको हो।

शिविरको पहिलो दिन २४० जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन्। जसमध्ये १३९ महिला र १०१ पुरुष रहेका छन्। आयुर्वेदिक उपचारमार्फत विभिन्न स्वास्थ्य समस्या जाँच तथा परामर्श सेवा प्रदान गर्नुको साथै औसधि पनि वितरण गरिएको छ।

आयुर्वेद स्वास्थ्य केन्द्र कालिकोटका कार्यालय प्रमुख डा. तुलसी श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय स्वास्थ्यकर्मीको टोली शिविरमा खटिएको छ। आयुर्वेद स्वास्थ्य केन्द्र नरहरिनाथका कर्मचारी गजेन्द्र बोगटीका अनुसार शिविर दुई दिनसम्म सञ्चालन हुने छ। ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरिएको हो।

उक्त आयुर्वेद स्वास्थ्य शिविरबाट स्थानीय लाभान्वित भएका छन्, जहाँ पहिलो दिनमै २४० जनाले स्वास्थ्य सेवा लिएका छन्।

तपाईको प्रतिक्रिया