कमल कोपिला
४ भाद्र २०८३ कालिकोट । जिल्लाको सान्नित्रिवेणी गाउँपालिका वडा नं ७ निवासी नहकुल सिम्खाडाकी श्रीमती २१ वर्षीया बिनिता प्याकुरेललाई थप उपचारका लागि हेलिकप्टरमार्फत हवाई उद्धार गरिएको छ।

‎बिनितालाई लामो समयदेखि प्रसूति व्यथा लागे पनि व्यथा अगाडि नबढ्ने समस्या देखिएको थियो। साथै, गर्भमा रहेको बच्चाको मुटुको धड्कनसमेत अनियन्त्रित भएपछि आमा र बच्चा दुवै जोखिममा परेका थिए।

‎जटिल अवस्था देखिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत थप उपचारका लागि बिनितालाई हवाई उद्धार गरी सुविधासम्पन्न स्वास्थ्य संस्थातर्फ पठाइएको हो।

‎प्रादेशिक रणनीतिक रास्कोट अस्पतालका स्वास्थ्य बिमा प्रमुख तुलराज उपाध्यायका अनुसार बिनिताको अवस्था जटिल बनेपछि तत्काल थप उपचार आवश्यक देखिएकाले हवाई उद्धार गरिएको हो।

‎तस्वीर : टिकाराज उपाध्याय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About The Author

तपाईको प्रतिक्रिया

RELATED POSTS