पप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकता दुरुपयोग गरेको उजुरी जिल्ला प्रहरी परिसर टेकुमा विचाराधीन छ । सन् २०१४ मा रविले अमेरिकी नागरिकता लिए । नेपाल फर्केर अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया अघि नबढाएको मात्र होइन, अमेरिकी पासपोर्ट प्राप्त गरेको अर्को वर्ष फेरि पुरानै नागरिकता प्रयोग गरेर नेपाली पासपोर्ट लिएको आरोप उनीमाथि छ । नागरिकताबारे अनुसन्धान गर्न मङ्सिर १५ मा जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्ला प्रहरी परिसर काठमाडौँलाई पत्राचार गरेको थियो । त्यसअघि नागरिकता विवादसम्बन्धी उजुरी गृह मन्त्रालयमा परेको थियो । अध्यागमन विभागमा रविले बुझाएको जानकारी पत्र अनुसार २०७५ जेठ ३ सम्म उनीसँग अमेरिकाको पासपोर्ट थियो । तर, अमेरिकी नागरिक रहेकै बेलामा उनले नागरिकता दुरुपयोग गरेर नेपाली राहदानी लिएको थाहा भएको छ । उनलाई राहदानी विभागले २०७२ जेठ १३ मा नेपाली राहदानी प्रदान गरेको थियो । अमेरिकी राहदानी र नागरिकता त्याग्ने प्रक्रिया सुरु गरेको मितिभन्दा ३ वर्ष अघि नै उनले नागरिकता दुरुपयोग गरेको तथ्य ‘ओपन सेक्रेट’ छ । काठमाडौँ प्रहरीले नागरिकतामाथि अनुसन्धान गरिरहेको बेला रवि लामिछाने नेपाल प्रहरी र जिल्ला प्रशासनको तालुक मन्त्रालयका प्रमुख बनेर आए । उनी मन्त्री भएसँगै काठमाडौँ प्रहरीले अनुसन्धानमा आलटाल गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS