राप्रपालाई प्रधानमन्त्री दिएर भए पनि सत्ता समीकरण भत्काउनुपर्ने केही नेताहरुको चाहनाप्रति देउवाले पटक्कै रुची देखाएका छैनन् । बरु उनी सभामुख लिने गरी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिउँ कि नदिउँ भन्ने अलमलमा छन् ।राप्रपालाई प्रधानमन्त्री दिएर भए पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सत्ता समीकरण भत्काउनुपर्ने केही नेताको प्रयासलाई नेपाली कांग्रेसको शीर्ष नेतृत्वले रुची समेत देखाएन ।बरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै विश्वासको मत दिनुपर्ने मत कांग्रेसमा देखिएको छ । कांग्रसको संस्थापन पक्षका केही नेताले एमाले–माओवादी इतरको गठन्बन्धन बन्नसक्ने भन्दै लबिङ थालेका थिए । प्रचण्डलाई विश्वासको मत पुग्न नदिने र राप्रपालाई प्रधानमन्त्री दिएर भए पनि नयाँ गठबन्धन बनाउने उनीहरुको चाहना थियो । सभापति देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेपछि उनीहरु उत्साहित समेत भएका थिए ।
देउवाको अलमल : प्रचण्डलाई विश्वासको मत दिने कि नदिने ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1
+1
+1