बुद्ध एयर १७ पुसमा उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तुरुन्तै भारतको वनारसमा उडान भर्न चाहन्छ । २८ कात्तिकमा नै बुद्धले पोखरा–बनारसमा साताको तीन ९आइतबार, मंगलबार र बिहीबार० उडान गर्ने र भविष्यमा पोखरा–दिल्ली र पोखरा–देहरादुन रुटमा उडान भर्ने योजना सार्वजनिक गरेको थियो । तर, विडम्बना के भयो भने १७ पुसमा पोखरा विमानस्थल उद्घाटनकै दिन बनारसबाट चार्टर्ड उडान गर्न चाहेको बुद्ध एयरले भारतबाट अनुमति पाएन ।यो प्राविधिक रुपमा सम्भव नभएर संयोग मात्रै थियो कि भारतको नियत उड्डयन प्राधिकरणका अधिकारीहरु बुद्ध एयरले पोखराबाट बनारस नियमित उडान गर्न अनुमति पाए मात्रै यो प्रश्नको जवाफ पाइने बताउँछन् । ‘अहिले नै किन आशंका जनाउने, केही समय पर्खौं,’ प्राधिकरणका एक अधिकारी भन्छन्, ‘काठमाडौंबाट बनारस उडान गरिरहेको बुद्धलाई पोखरा विमानस्थलबाट अनुमति नदिनुपर्ने प्राविधिक कारण छैन ।’तर, पोखरा विमानस्थललाई भारतले प्राविधिक दृष्टिले मात्रै हेर्छ कि रणनीतिक तथा सामरिक पक्षबाट पनि चिह्याउँछ रु यसको जवाफ केही समयभित्रै पाइने छ । तर, पोखरा विमानस्थलसँग भारतका शहरहरुमा उडान हुने विषय साधारण र नियमित प्रक्रियाबाट टुंगिनेमा संस्कृति पर्याटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरु सशंकित छन् । उनीहरुलाई आशंका छ, ‘कतै पोखरा विमानस्थलललाई व्यवसायिक रुपमा सफल बन्नबाट रोक्ने गरी भारतबाट असहयोग हुन्छ कि
भारत-चीनको रणनीतिक स्वार्थको शिकार हुनसक्छ पोखरा विमानस्थल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1