- कमल कोपिला

कमल कोपिला
२ भाद्र २०८३ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका अस्थायी रूपमा सुर्खेतलगायत अन्य स्थानमा बसोबास गरिरहेका लाभग्राहीको सहजताका लागि सञ्चालन गरेको सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर सम्पन्न भएको छ।

गाउँपालिकाले जारी गरेको सूचनाअनुसार सुर्खेतमा सञ्चालन गरिएको नवीकरण शिविरबाट विभिन्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने १७२ जना लाभग्राहीको नवीकरण गरिएको गाउँपालिकाका सुचना प्रविधी अधिकृत भरत बहादुर कठायतले जानकारी दिए ।

उहाँका अनुसार, नवीकरण शिविरमा ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकालगायत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले आवश्यक कागजातसहित उपस्थित भएर सेवा लिएका थिए।

‎गाउँपालिकाले लाभग्राहीलाई आफ्नै ठाउँबाट सेवा लिन सहज होस् भन्ने उद्देश्यले शिविर सञ्चालन गरेको जनाएको छ। शिविरमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सामाजिक सुरक्षा भत्ता परिचयपत्रलगायत आवश्यक कागजातका आधारमा नवीकरण गरिएको थियो।

‎गाउँपालिकाका अनुसार सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि लाभग्राहीलाई गाउँपालिकासम्म आउनुपर्ने बाध्यता कम गर्न सुर्खेतमा शिविर सञ्चालन गरिएको हो। शिविरबाट १७२ जना लाभग्राहीको नवीकरण सम्पन्न भएपछि उनीहरूले आगामी अवधिको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न निरन्तरता पाउने भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About The Author

तपाईको प्रतिक्रिया

RELATED POSTS