बुधवार माघ ४ २०७९ कालिकोट।

कर्णाली प्रदेश सभाको उपसभामुखमा कालिकोटकी यशोदा न्यौपाने ‘पूर्णिमा’ बुधवार निर्वाचित हुनुभएको छ।

उहाँलाई सभामुख नन्दा गुरुङले उपसभामुखमा निर्वाचित भएको घोषणा गर्नुभएको हो । उहाँको पक्षमा २४ मत आएको छ । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्द्राकुमारी शाहीले १४ मत पाउनुभएको हो ।  उहाँलाई कांग्रेसको मात्रै १४ मत प्राप्त भएको छ । निर्वाचित न्यौपानेलाई नेकपा (माओवादी केन्द्र) को १३, नेकपा एमालेको ९ र राप्रपा र नेकपा (एकीकृत समाजवादी) को १⁄१ मत प्राप्त भएको छ ।

कर्णालिमा ४० प्रदेशसभा सदस्य रहेकोमा ३८ जना सांसद सहभागी भएका थिए । सभामुखको निर्वाचनमा कांग्रेसलाई सघाएको समाजवादीले यो पटक सत्तारुढ गठबन्धनलाई सघाएको छ ।

निर्वाचित न्यौपाने माओवादी केन्द्रको केन्द्रीय सदस्य पनि हुनुहुन्छ । उहाँ वाईसिएल नेपालको पूर्व केन्द्रीय उपाध्यक्ष समेत भइसक्नुभएको महिला नेतृत्त्व हुनुहुन्छ भने कालिकोटमा माओवादीभित्र सम्भावना बोकेकी महिला नेतृमा पर्ने उहाँ माओवादीको कालिकोट सह–इञ्चार्ज समेत हुनुहुन्छ । उहाँ माओवादीले थालेको १० बर्षे सशस्त्र जनयुद्धमा समेत सहभागी हुनुभएको थियो । उपसभामुखका लागि न्यौपानेको प्रस्तावकको रुपमा माओवादीका कृष्ण जिसी र एमालेका विनोदकुमार शाह समर्थक रहनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS