कमल कोपिला
असार ११, कालिकोट।

जिल्लाको नरहरिनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ५२ करोड ४८ लाख ३२ हजार ९ सय ७५ रुपैया ल्याएको छ । आईतबार बसेको गाउँसभाको १३ औ अधिवेशनबाट आगामि वर्षको आर्थिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो।

गाउँ सभामा आर्थिक नीति तथा कार्यक्रम गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष नगेन्द्र बहादुर बिष्टले र बजेट वक्तव्य गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाहले प्रस्तुत गरेका थिए भने उक्त कार्यक्रमको संचालन सदस्य सचिव निरक कुमार शाहले गरेका थिए ।

उपाध्यक्ष शाहले ६२ प्रतिशत चालु तथा ३८ प्रतिशत पुजिगत तर्फ बजेट पेश गरेका हुन । नेपाल सरकारबाट वित्तीय समानिकरण अनुदान बापत प्राप्त हुने अनुमानित रकम रु ११ करोड ५० लाख, शशर्त अनुदान चालु रु २० करोड ९३ लाख, पुजिगत १ करोड ५४ लाख, बिशेष अनुदान १ करोड २० लाख, समपुरक अनुदान १ करोड ९० लाख, राजस्व बाँडफाटबाट प्राप्त हुने ९ करोड २६ लाख ९५ हजार ४ सय, प्रदेशबाट विनियोजित समानिकरण अनुदान १ करोड ३७ लाख ३६ हजार, शशर्त चालु ४२ लाख ७३ हजार, शशर्त पुजिगत १ करोड ४५ लाख तथा समपुरक अनुदान १ करोड ५० लाख राजस्व बाँडफाट ४ लाख ४८ हजार ५ सय ७५ गाउँपालिकाको अनुमानित आन्तरिक राजस्व २० लाख र गतको मौज्दात अनुमानित ३० लाख गरि गरि जम्मा बजेट ५२ करोड ४८ लाख ३२ हजार ९ सय ७५ रुपैया प्रस्तुत गरेका हुन।

यस्तै शाहले, उपलब्ध स्रोत साधनको उच्चतम परिचालन गर्दै विकासलाई तिव्रता दिने, सामाजिक आर्थिक भौतिक पुर्वाधार विकासमा सम्मुनत समाज उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माणमा गाउँपालिकाको आर्थिक गतिविधिमार्फत योगदान गर्न, लैङ्गिक समानता र सामाजिक समावेशि कुराहरुलाई टेवा पुर्याउन, गाउँपालिकाको वडा कार्यालय तथा स्वास्थ्य संस्थाको भौतिक पुर्वाधारहरुको विकास गरि नागरिक मैत्रि बनाउन, भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिवृद्धि गर्न, स्वास्थ्य र शिक्षा सेवालाई सहज र गुणस्तरिय बनाउन, गाउँपालिकाको आम नागरिकलाई सुचनाको प्रत्याभुति गराउने, कृषि क्षेत्रको विकास गरि रोजगारिको सिर्जना तथा गरिबी निवारण लाई जोड दिने, कला संस्कृतिको सम्मान तथा संरक्षण गर्ने र क्रमागत तथा रणनितिक विकास कार्यक्रमलाई निरन्तरता दिने उद्देश्य रहेको बताउनुभयो ।

आर्थिक निति तथा कार्यक्रममा, अन्य सहभागिहरुले पनि आफ्नो राय प्रस्तुत गरेका थिए । शैक्षिक स्तरोन्नत्ती, शुसासन, पुर्वाधारमा उचित रेखदेख, डिजिटलाईजेशन, गाउँ कार्यपालिकाका गतिविधिलाई लाई डेलिकास्ट गर्नुपर्नेमा र कृषि कार्यक्रम लगायतका कुराहरुमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै सभाध्यक्ष बिष्टले सुझाव सल्लाह संकलनका क्रममा समावेशि सहभागिताका आधारमा सहभागिहरुले मत राख्दा खुशि व्यक्त गरे । साथै अन्य कामहरु सरकारका नियमित कार्यक्रममा पर्ने भएकाले आफुले अहिले नितिगत सुधारमा जोड दिएको बताए । आफुलाई जनताले पनि त्यहि भएर नै निर्वाचित गराएको प्रष्ट पारे । आगामि वर्षको आर्थिक निति तथा कार्यक्रममा कृषिको व्यवसायिकरण, आधुनिकिकरण, बजारिकरण, रोजगारिको सिर्जना, स्वरोजगार र उद्यमशिलताको विकास, सामाजिक सुरक्षा र संरक्षण, गुणस्तरिय शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिकाको सशक्तिकरण, लैङ्गिक तथा गाउँपालिकाको सर्वाङ्गिण विकास र समृद्धिलाई प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्ट बताए ।

साथै सभाबाट, गाउँपालिकाका केहि क्षेत्रका राम्रो कार्य गर्ने लगनशिल कर्मचारि तथा गाउँपालिकाका उद्योगी व्यवसायीलाई प्रोत्साहन स्वरुप सम्मान पनि गरिएको छ । सम्मान हुनेमा डा. जितेन्द्र महत्तो- डाक्टर (प्राथामिक स्वास्थ केन्द्र कुमालगाउ), रत्न सिंह साँउद – प्रधानाध्यापक ( श्री नन्दादेबी मा. बि कोटबाडा), टेक बहादुर बि. क. – प्रधानाध्यापक ( श्री चौथिकोट आ. बि), बर्षा माबो- शिक्षक( श्री रमा मा. बि कालाशिल्ला कुमालगाउ), शिबा बिष्ट बाल बिकास सहजकर्ता ( श्री चौथिकोट आ. बि), धर्म उपाध्याय- फलफूल तथा कालिज पालन ब्यवसायी, कट ब. बिष्ट – फलफूल तथा तरकारी ब्यबसायी, दुर्गादेबी उपाध्याय- फलफूल तथा तरकारी ब्यबसायी, पृथ्वी बहादुर शाही- फलफुल तथा तरकारी ब्यबसायी, जसमल सहकारी – कृषक तथा उद्यमि, मन ब. बिष्ट – फलफूल तथा तरकारी ब्यबसायी, मामकोईला बिष्ट – फलफूल तथा तरकारी ब्यबसायी, हिरा बटाला- फलफूल तथा पशुपालन ब्यबसायी, धिर ब. शाही- फलफूल तथा तरकारी ब्यबसायी, बलरुप बुढा -फलफुल तथा पशुपालन ब्यबसायी, रत्न बुढा – तरकारी तथा पशुपालन ब्यबसायी रहनुभएको छ।











कार्यक्रमका केही तस्वीरहरु :

scrub typhus











nepali bhasa








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1.5k
+1
563
+1
10
+1
85
+1
26
+1
2

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS