सोमबार, १३ कार्तिक,२०८० कालिकोट।
नरहरिनाथ गाउँपालिकामा केहि वर्ष अघिमात्र क्रिकेट संघ नरहरिनाथको गठन भएको थियो। खेलमैदानको अभाव र प्रतियोगिता नहुने कारणले मौन रहेको क्रिकेट संघ नरहरिनाथ यसपाली भने जुर्मुराएको छ।
रास्कोट नगरपालिकामा आयोजना हुने पहिलो मेयर कप क्रिकेट प्रतियोगिताका लागि अफिसियल खेलाडी छनौटको सुरुवात आजबाट गरेको छ।
बि. सं. २०७८ सालमा गठित सो संघले यसपाली नरहरिनाथ गाउँपालिकाको प्रतिनिधित्व हुने गरि १५ सदस्यीय टोलि पठाउने भएको हो।
आजबाट सुरु गरिएको छनौट खेलमा केही खेलाडी छनौट भएका छन भने बाँकी मंगलबार छनौट गरेर गाउँपालिकाको अफिसियल टिमको घोषणा सहित रास्कोट प्रस्थान हुने क्रिकेट एसोसियसन अफ नरहरिनाथका अध्यक्ष पुर्णराज बिस्टले जानकारी दिनुभयो।
उहाँका अनुसार यही १५ गते बाट रास्कोट नगरपालिकामा हुने पहिलो मेयर कप क्रिकेट प्रतियोगिताका लागी नरहरिनाथ गाउँपालिकाको तर्फबाट ८ खेलाडी छनोट भएका हुन। आज छनोट भएका क्रीकेट खेलाडीहरु दिपक बिष्ट, आशिष बिष्ट, किरण देउबा, भरत थापा, पुर्णराज बिष्ट, महेश बिष्ट, कमल बुढा र हिक्मत बुढा रहेका छन। भोलि पनि अरु खेलाडी छनौट गरेर पालिकाको टिम घोषणा गरिने बताईएको छ।
नरहरिनाथमा क्रिकेट खेलाडीको छनौट सुरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
280
+1
335
+1
29
+1
3.4k
+1
801
+1