बुधवार २७ मंसिर २०८०
कमल कोपिला।
रियल म्याड्रिडले युरोपेली च्याम्पियन्स लिगको समूह चरणमा अपराजित यात्रालाई निरन्तरता दिएको छ । गएराति समूह सीको आफ्नो अन्तिम खेलमा रियलले युनियन बर्लिनलाई ३–२ गोल अन्तरले पारजित गर्यो । यो समूहबाट रियल र नेपोली यसअघि नै नकआउट चरण पुगिसकेका थिए ।
अर्को खेलको नेपोलीले स्पोर्टिङ ब्रागलाई २–० ले हरायो अर्को खेलमा लेन्सले सेभिल्लालाई २–१ ले हरायो । त्यस्तै समूह डी का रियल सोसिडाड र इन्टर मिलानले गोलरहित बराबरी खेले । अर्को खेलमा बनेफिकाकाले आरबी साल्सबर्गलाई ३–१ ले हरायो ।
समूह एबाट म्यानचेस्टर युनाइटेड र गालातासारे युरोपेली च्याम्पियन्स लिगबाट बाहिरिएका छन् । गएराति बायर्न म्युनिख सँग १–० ले पराजित भएसँगै युनाइटेड लिगबाट बाहिरिएको हो । यस्तै, एफसी कोपनहेगनले गालातासारेलाई १–० ले हरायो ।