इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टनभिल्लाले सेफिल्ड युनाइटेडलाई ५ गोलले हराएको छ । जितसँगै एस्टनभिल्लाको २३ खेलमा ४६ अङ्क भएको छ । एस्टनभिल्ला तालिकाको चौथो स्थानमा छ । पराजित सेफिल्ड युनाइटेड समान खेलमा १० अङ्कसहित पुछारमा छ अर्को खेलमा ब्राइटनले क्रिस्टल प्यालेसलाई ४–१ गोलले हरायो । ब्राइटन २३ खेलमा ३५ अङ्कसहित सातौ स्थानमा छ । समान खेलमा २४ अङ्क रहेको क्रिस्टल प्यालेस चौधौँ स्थानमा छ ।त्यस्तै न्युक्यासल युनाइटेड र लुटन टाउनले चार/चार गोलको रोमाञ्चक बराबरी खेलेका छन् । न्युक्यासल २३ खेलमा ३३ अङ्कसहित नवौँ स्थानमा छ । लुटन भने २२ खेलमा २० अङ्कसहित १६औँ स्थानमा छ ।
हिजो बेलुका भएको पहिलो खेलमा टोटनहम र एभर्टनले २/२ गोलको बराबरी खेले । यस्तै बर्नली र फुलहमले पनि २/२ को बराबरी खेलेर अङ्क बाँडेका छन् । प्रिमियर लिगमा आज चार खेल हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS