कमल कोपिला
६ वैशाख, २०८१ कालिकोट।
त्यसो त महेन्द्र शाहि रास्कोटी आफैमा मौलिक गीतकार हुन् । फरक शैलीका गीतमार्फत उनले अनेक गित बनाएका छन् । शाहिका गीत वर्ग, भुगोल, पेशा, कला, भाषा र मौलिक संस्कृतिमा आधारित छन् ।

करिब दुई तिन सय भन्दा बढि त उनले गितहरु नै सार्वजनिक गरिसकेका छन् । त्यसमा चाडपर्वदेखि मायाप्रेमसम्म, राजनैतिक व्यङ्ग्य, कला, खस भाषा, भूगोलसम्म समेटिएका छन् । उनि बिशेषत: कर्णालिको मौलिक कला र भाषामा आधारित झोडा, चुट्किला, रत्यौलि र हुड्क्यौलि गित बजारमा नयाँ भाकासहितका हरप्रकारका गितहरु ल्याउने पहिलो गायक हुन्। उनै मौलिक गीतका यी सर्जकले अहिले अर्को गीत ‘तेरि प्याटुलि’ सार्वजनिक गरेका छन् । गीतको बोल छ, प्रचण्ड ससुरा हुनु केपी ‘बा’ बाउ हुनु ।

गीतमा महेन्द्र शाहि रास्कोटी सँगै अहिलेका चर्चित गायिका अन्जु पन्त, रामजी खाँड र गौरि भट्टको स्वर सुन्न सकिन्छ । यसखाले मौलिक देउडा गित रामजि खाँड र अञ्जु पन्तले पहिलो पटक गाएका बताएका छन।

उनलाई साथ दिएका छन्, गगन शाहिले । माया प्रेम भावको यो भाकालाई म्युजिक भिडियोमा उतारिएको छ । म्युजिक भिडियोलाई जि वि आग्रीले निर्देशन गरेका छन् । आशा शाहि, सुमन घर्तिमगर, गगन शाहि र सुजल बमले त्यसमा अभिनय गरेका छन् । गितको संकलन ललित बहादुर शाहीको रहेको छ भने संगित संयोजनमा गायक महेन्द्र शाही रास्कोटी आफैले गरेका छन् ।

यो गित सुजल बम युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। गित रेकर्ड भएको ७ महिना पछि भिडियो सहित सार्वजनिक भएको यो गित निकै अपेक्षित गित हो। विभिन्न सामाजिक संञ्जालहरुमा यस अघि नै भाईरल बनेको गित पनि हो। काठमाडौँका विभिन्न स्थानमा भिडियोको छायाँकन गरिएको उक्त भिडियोको छायाँकन प्रकाश खड्काले गरेका हुन् ।

भिडियो लिंक: https://youtu.be/YaI8dqYR2nw?si=lzyfl79GFHQ66HqL

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS