भारत-चीनको रणनीतिक स्वार्थको शिकार हुनसक्छ पोखरा विमानस्थल
बुद्ध एयर १७ पुसमा उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तुरुन्तै भारतको वनारसमा उडान भर्न चाहन्छ । २८ कात्तिकमा नै बुद्धले पोखरा–बनारसमा साताको तीन ९आइतबार, मंगलबार र बिहीबार० उडान गर्ने र भविष्यमा पोखरा–दिल्ली र पोखरा–देहरादुन रुटमा उडान भर्ने योजना सार्वजनिक गरेको थियो । तर, विडम्बना के भयो भने १७ पुसमा पोखरा विमानस्थल उद्घाटनकै दिन बनारसबाट चार्टर्ड उडान गर्न चाहेको बुद्ध एयरले भारतब...




