कमल कोपिला
११ भाद्र २०८३ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका–५, रुप्सा तिर्खुलीडाँडा निवासी ४५ वर्षीय दुर्गबहादुर सहकारीको कालेखोलाको पहिरोमा पुरिएर मृत्यु भएको छ।
घट्टमा अन्न छोडेर घर फर्किने क्रममा कालेखोलामा आएको पहिरोमा पुरिएपछि उनको ज्यान गएको हो। घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ।
स्थानीयका अनुसार उक्त क्षेत्रमा केही वर्षअघिदेखि नै पहिरो निरन्तर बगिरहेको थियो। जोखिमयुक्त बस्तीको समयमै उचित व्यवस्थापन हुन नसक्दा घटना भएको भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
2
+1



