कमल कोपिला
३ असार २०८३ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका-६ मालकोटमा युवा रूपान्तरणका लागि ३ दिने सहजीकरण तालिम सुरु भएको छ।

फास्टेन एक्शनको सहयोग, नरहरिनाथ गाउँपालिकाको समन्वय तथा सहकर्मी समाज सम्मान परियोजनाको सहजीकरणमा सञ्चालन भएको तालिम २०८३ असार ३ गतेदेखि ५ गतेसम्म सञ्चालन हुनेछ।

तालिममा नरहरिनाथ गाउँपालिकाभित्रका ४ विद्यालयका १६ जना विद्यार्थीको सहभागिता रहेको छ। सहभागीमध्ये वडा नं. ९ श्रीकोटका श्री जनप्रभात माध्यमिक विद्यालय बाट ५ जना, वडा नं. ६ मालकोटका नन्दादेवी माध्यमिक विद्यालय बाट ५ जना, वडा नं. ६ रातीमाटीस्थित शान्ति माध्यमिक विद्यालय बाट ३ जना तथा वडा नं. ७ उच्छवस्थित रूपादेवी माध्यमिक विद्यालय बाट ३ जना सहभागी रहेका टिम लिडर बिमलराज बिकले बताउनुभयो ।

तालिममा १० जना महिला र ६ जना पुरुष गरी कुल १६ जनाको सहभागिता रहेको बताईएको छ। वडा नं. ६ की महिला सदस्य बिमला भण्डारी बटालाको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो। उद्घाटन कार्यक्रममा बोल्दै वक्ताहरूले युवाको नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा सकारात्मक सामाजिक रूपान्तरणका लागि यस्ता तालिम प्रभावकारी हुने बताएका थिए।

आयोजकका अनुसार तालिमले युवाहरूमा नेतृत्व क्षमता, आत्मविश्वास, सामाजिक उत्तरदायित्व तथा समुदायमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक सीप विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

RELATED POSTS