कमल कोपिला/कमल बिष्ट
३१ भाद्र २०८३, कालिकोट।

रसुवा जिल्लामा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको सहयोगका लागि नरहरिनाथ गाउँपालिका–९ लालुस्थित श्री जनप्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरूले राहत रकम संकलन गरेका छन्।
कक्षा १२ मा अध्ययनरत खकेन्द्र बोहराको संयोजकत्वमा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूले संकलन गरेको १३ हजार ३०५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयका प्रधानाध्यापक निर्मल कुमार बिष्टले बताउनुभएको छ।
विपद्को कठिन समयमा बाढी तथा पहिरो प्रभावित परिवारलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यार्थीहरूले राहत संकलन अभियान सञ्चालन गरेका हुन्। विद्यालयका अनुसार विद्यार्थीहरूको यो प्रयासले एकता, सहकार्य र मानवताको भावनालाई उजागर गरेको छ।
राहत संकलन अभियानमा सहभागी सम्पूर्ण शिक्षक, विद्यार्थी तथा विद्यालय परिवारप्रति आभार व्यक्त गर्दै दुःखमा परेका नागरिकलाई सहयोग गर्न सबैलाई एकजुट हुन आग्रह गरिएको छ।
“दुःखमा साथ दिऔँ, मानवता बचाऔँ।” 🤝❤️
– श्री जनप्रभात माध्यमिक विद्यालय परिवार, नरहरिनाथ–९, लालु, कालिकोट


