कमल कोपिला
‎२१ भाद्र २०८३ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं ४ र ५ को सिमानामा पर्ने जात्ताडा खोलाको काठेपुलबाट खस्दा अन्दाजी २९ वर्षीय प्रेमबहादुर साउद बेपत्ता हुनुभएको छ।

आज साँझ करिब ६ बजे जाताडाबाट घर फर्किने क्रममा छोरा सहित पुलबाट खसेर खोलामा बगेको आशंका गरिएको हो। छोरा वर्ष ७ का अर्जुन साउद भने सकुशल भेटिनु भएको छ। उहाँको खोजीकार्यका लागि परिवारले आग्रह गरेका वडा अध्यक्ष नन्दराम सहकारी र नरहरिनाथ गाउँपालिका उपाध्यक्ष कमल कुमार शाहले जानकारी दिनुभयो । हाल उहाँको खोजिकार्य जारी छ ।

‎केहिदिन अघिदेखी नरहरिनाथमा भारी वर्षा भैइरहेको छ । धेरै ठाउँमा पहिरो समेत गएको छ । भारी वर्षाका कारण खोलामा पानीको बहाव बढेकाले सतर्क रहन गाउँपालिका उपाध्यक्ष शाहले आग्रह गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

About The Author

तपाईको प्रतिक्रिया

RELATED POSTS