कमल कोपिला
९ मंसिर २०८३, कालिकोट । रोजगारी र आयआर्जनको बाटो पहिल्याउँदै नरहरिनाथ गाउँपालिका-९ लालुका ३२ महिला तीनमहिने सिलाइकटाइ तालिममा सहभागी भएका छन्।
‎
‎नरहरिनाथ गाउँपालिका, रक्षा नेपाल र सहास नेपालको संयुक्त साझेदारीमा ‘सीप सिकौँ, आत्मनिर्भर बनौँ’ भन्ने नारासहित तालिम सुरु गरिएको हो।

लालुमा गठित रक्षा किशोरी समूहका महिलालाई लक्षित गरी सञ्चालन गरिएको तालिमको उद्घाटन कर्णाली प्रदेश सभा उपसभामुख यशोदा न्यौपानेले गरेकी हुन्।
‎
‎रक्षा नेपाल कर्णाली प्रदेश प्रमुख वीरेन्द्रबहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेश सभा उप-सभामुख यशोदा न्यौपाने प्रमुख अतिथी, नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्ट विशेष अतिथि तथा वडा नं. ९ का अध्यक्ष प्रदीप बोहरा अतिथि थिए।
‎
‎तीन महिनासम्म सञ्चालन हुने तालिमबाट महिलालाई सिलाइकटाइको आधारभूत सीप सिकाउनुका साथै स्वरोजगार र आयआर्जनसँग जोड्ने लक्ष्य राखिएको छ। सीपलाई आम्दानीमा बदल्दै महिलालाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउने अपेक्षा रहेको छ ।

स्रोत/फोटो : कमल बिष्ट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About The Author

तपाईको प्रतिक्रिया

RELATED POSTS

dofollow backlinks · quality backlinks · buy backlinks · buy quality backlinks · hacklink satın al