कमल कोपिला

कालिकोट । फुलबुट्टे सारी, टाढा भएपनिसहितका दर्जन चर्चित म्युजिक भिडियोमा सहकार्य गरेपछि पल शाह र मलिका महतले अब कथानक फिल्ममा सहकार्य गर्ने पक्का भएको छ । पलको आगामी फिल्म ‘आबाट आमा २’ मा मलिकालाई शीर्ष भूमिकामा देख्न पाइने भएको हो । निर्मातासँग मलिकाले लिखित समझदारी गरेकी छन् । फिल्ममा यी दुईको जोडी बाँध्न लागिएको निर्देशक चन्द्र पन्तले बताए ।

‘पिएम’ जोडीको रुपमा म्युजिक भिडियोमा लोकप्रिय यो जोडीलाई फिल्ममा पनि हेर्न पाउनुपर्ने माग दर्शकको थियो। दर्शकको यही इच्छाअनुसार निर्देशक पन्तले लिड हिरोइनमा मलिकालाई कास्ट गरिएको बताए । यसअघि सहायक अभिनेत्रीमा रिश्ता गुरूङ, निकिता आचार्य अनुबन्धित भैसकेका छन् । साथै, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का पनि अनुबन्धित भैसकेका छन् । छायांकन केही सातामा सुरु हुने जनाइएको छ । प्रदर्शन ३० असोजदेखि सुरु हुने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

RELATED POSTS