कमल बिष्ट

८ असार २०८३, कालिकोट।

जिल्लाको नरहरिनाथ गाउँपालिका–२ स्थित श्री चौथिकोट आधारभूत विद्यालयको ३१औँ वार्षिकोत्सव तथा अन्तर–आधारभूत विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत विकको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाह प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण राना मगर तथा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख केशवराज खनालको विशेष आतिथ्यता रहेको थियो।

त्यसैगरी शिक्षा तथा खेलकुद शाखाका धनकृष्ण पाण्डे, स्रोत व्यक्ति अनिपाल विक, श्री नन्दादेवी माध्यमिक विद्यालयका सहप्रधानाध्यापक अमर विक, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, सुरक्षाकर्मी, सञ्चारकर्मी, विद्यार्थी, अभिभावक तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

scrub typhus

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टेकबहादुर विकले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले शैक्षिक, अतिरिक्त क्रियाकलाप तथा भौतिक पूर्वाधार विकासका क्षेत्रमा हासिल गरेका उपलब्धिबारे जानकारी गराउनुभएको थियो।

वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले देउडा, नृत्य, गीत तथा स्थानीय कला-संस्कृतिको झल्को दिने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। प्रस्तुत कार्यक्रमहरूले उपस्थित दर्शकहरूको मन जित्न सफल भएका थिए।

यसै अवसरमा आयोजित बिधालयमा प्रबिधि मैत्री सिकाइ सुनिश्चित गर्न सरोकारवालाको भुमिका भन्ने शिर्षकमा अन्तर-आधारभूत विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा श्री चौथिकोट आधारभूत विद्यालयकी छात्रा निरुता दर्जी प्रथम भएकी थिइन्।

श्री नुवादेव आधारभूत विद्यालय, सोत्तरगाउँका छात्र जयप्रकाश बिष्ट द्वितीय हुन सफल भएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख केशवराज खनालले विद्यालयले पछिल्लो समय उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै आगामी दिनमा थप सुधार र गुणस्तरीय शिक्षाको विकासका लागि शुभकामना व्यक्त गर्नुभयो। साथै शिक्षा शाखाको तर्फबाट आवश्यक सहयोग र समन्वय निरन्तर रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

त्यस्तै, प्रमुख अतिथि उपाध्यक्ष कमल कुमार शाहले विद्यालयको वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै स्थानीय सरकारको तर्फबाट विद्यालयको आवश्यकता अनुसार आवश्यक सहयोग निरन्तर उपलब्ध गराइने बताउनुभयो।

विद्यालय परिवारले हालसम्म स्थानीय सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि थप सहयोगको अपेक्षा गरेको जनाएको छ।

विद्यालयका सूचना अधिकारी कम्मर विकले सञ्चालन गर्नुभएको कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

RELATED POSTS