कमल कोपिला
२९ असार २०८३ कालीकोट । जिल्लाको सान्नि त्रिवेणी गाउँपालिका-६ स्थित पोरिबन (माथिल्लो काभ्रे खोला) मा घट्टमा अन्न पिस्न गएका बेला माथिबाट आएको पहिरोमा परी दुई जनाको ज्यान गएको छ।


पहिरोमा परी सोही वडा निवासी लाल सावद र मन्दिर सावद को घटनास्थलमै असामयिक निधन भएको स्थानीय स्रोतले जनाएको छ।
घटनापछि स्थानीय बासिन्दा तथा सुरक्षाकर्मी घटनास्थल पुगेका छन्। पहिरोका कारण भएको यस दुःखद घटनाप्रति स्थानीयवासी शोकमा डुबेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1







