कमल कोपिला ।

कालिकोट । साताको अन्तिम कारोबारका दिन नेप्से परिसूचक सामान्य वृद्धि भएर बन्द भएको छ । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको हो । नेप्से परिसूचक ४.९९ अंकले बढेर २ हजार ७८२.१० विन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १.२१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंकले बढेको छ आज कारोबारमा आएका ३५४ कम्पनीको १ करोड ५२ लाख ४९ हजार कित्ता सेयर ६ अर्ब ३ करोड ६४ हजार रुपैयाँबराबरको खरिदबिक्री भएको छ । पछिल्लो धेरै काराबारपछि बुधवार कारोबार रकम पनि बढेको छ । मंगलबार ४ अर्ब ८५ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री थियो। नेप्सेका १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । जसमा बैंकिङ्ग, म्युचुअल फण्ड, निर्जीवन बीमा विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

RELATED POSTS