कमल कोपिला
२६ माघ २०८२ कालिकोट । आ.व. २०८२ अन्तर्गत सञ्चालन हुने एचपीभी (HPV) खोप अभियानको तयारी स्वरूप नरहरिनाथ गाउँपालिकामा पालिका स्तरीय खोप समन्वय समितिका पदाधिकारी तथा सरोकारवालासँग १ दिने अभिमुखीकरण, अन्तरक्रिया तथा बैठक सम्पन्न भएको छ।

( स्वास्थ्य संयोजक मान बहादुर सहकारी )

आधारभूत तथा सरसफाइ शाखाको आयोजनामा सम्पन्न कार्यक्रम गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिस्टको अध्यक्षतामा सम्पन्न भएको हो।

( जन स्वास्थ्य अधिकृत सृजना महत )
( नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर बिस्ट )
( तस्विरमा सहभागी सम्पुर्ण सरोकारवाला )

कार्यक्रममा नरहरिनाथ गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्था तथा विद्यालयहरूमा एचपीभी खोप सञ्चालन गरी विद्यालयमा अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका किशोरीहरूलाई शतप्रतिशत खोप सेवा प्रदान गर्ने लक्ष्यबारे छलफल गरिएको थियो। साथै नियमित खोप कार्यक्रमअन्तर्गत एचपीभी खोपको सुरुवात गर्दै पाठेघरको मुखको क्यान्सरबाट हुने महिलाको मृत्युदर न्यूनीकरण गर्ने उद्देश्य लिइएको छ।


खोप अभियान अन्तर्गत गाउँपालिकाभर १९ वटा खोप केन्द्र तोकिएको छ भने ३२३ जना किशोरीलाई लक्षित गरी खोप सेवा प्रदान गरिनेछ। खोप सेवा २०८२ साल फागुन ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुनेछ। अभियान सफल पार्न ९ जना स्वास्थ्यकर्मी र १८ जना स्वयंसेवक परिचालन गरिने छ। यस अवधिमा करिब ३६४ डोज खोप तथा खोप सामग्री खपत हुने अनुमान गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष बिस्टले एचपीभी खोप अभियानलाई सफल पार्न गाउँपालिका पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै सबै सरोकारवालालाई अभियान सफल बनाउन सहयोग गर्न आग्रह गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS