कमल बिस्ट
११ फाल्गुन २०८२ कालिकोट । आई. एन. एफ. कालिकोट शाखाको आयोजनामा समुदायका अगुवाहरूलाई लक्षित गर्दै लैङ्गिक हिंसा पहिचान, न्यूनीकरण, रोकथाम तथा कानुनी उपचार र प्रावधान सम्बन्धी तीन दिने तालिम नरहरिनाथ गाउँपालिकामा सञ्चालन भएको छ।

तालिम नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाहको प्रमुख आतिथ्यता तथा आई.एन.एफ. नेपाल कालिकोट शाखाका परियोजना संयोजक दल बहादुर बुढाको अध्यक्षतामा सञ्चालन गरिएको थियो। कार्यक्रममा जनप्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, अपाङ्गता सञ्जाल, दलित सञ्जाल तथा स्थानीय कर्मचारीहरूको सहभागिता रहेको थियो।

तालिमको मुख्य उद्देश्य समुदायमा हुने लैङ्गिक हिंसा न्यूनीकरणका लागि सरोकारवाला निकायहरूको भूमिका स्पष्ट पार्नु, लैङ्गिक आधारमा हुने हिंसाको पहिचान गर्ने विधिबारे जानकारी गराउनु तथा हिंसा न्यूनीकरणमा सहयोग पुर्‍याउन आवश्यक कानुनी प्रावधानहरूको बारेमा सहभागीलाई सचेत गराउनुका साथै, समुदायमा लैङ्गिक हिंसा घटाउँदै समानता, समावेशिता र सुरक्षित सामाजिक वातावरण निर्माण गर्ने लक्ष्य राखिएको थियो।

कार्यक्रम आई.एन.एफ. नेपाल कालिकोट शाखाका टिम लिडर नयाँ विश्वकर्माले सञ्चालन गर्नुभएको थियो भने प्रशिक्षकका रूपमा मञ्जु विश्वकर्मा र अपेक्षा सिंहले सहजीकरण गर्नुभएको थियो।

आयोजकका अनुसार, यस प्रकारका तालिमले समुदायस्तरमै सचेतना अभिवृद्धि भई लैङ्गिक हिंसा विरुद्ध सामूहिक पहललाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS