कमल कोपिला
६ असार, कालिकोट । ‘अब अँध्यारो गाउँ, उज्यालो हुनेभयो,’ नरहरिनाथ गाउँपालिका–३ भैसाखालगाउँका करन नेपालीले भने, ‘यतिपछि बल्ल बिजुली आयो, हामी खुशी छौँ ।’ नरहरिनाथमा मंगलबार पहिलोपटक रास्ट्रीय प्रसारण लाईन अन्तर्गतको बिजुली पुग्यो । ढिलै भएपनि गाउँलेको बिजुली बाल्ने सपना पूरा भएरै छाड्यो ।
साँझमा धिपधिप बल्ने सोलार बत्ती । कहिलेकाहीँ मौसम बदली हुँदा सोलार नबलेपछि टुकी, लोस्ठा बाल्नुपर्ने बाध्यता । साँझ पर्न नपाउँदै चकम्मन्न बन्ने गाउँ । सुनसान र एकान्त । न त बालबालिकाले उज्यालोमा पढ्न पाउँथे न त गृहिणीले उज्यालोमा घरधन्दा नै गर्न पाउँथे । यसरी नै कैयौँ पुस्ताले जीवन बिताएको नरहरिनाथ गाउँपालिकामा सौर्य उर्जाको प्रयोगको प्रचलन पछि बल्ल केन्द्रीय प्रसारणबाट विद्युतीकरण हुने भएको छ ।
नरहरिनाथका थुप्रो घरपरिवार बिजुलीबाट अझैपनी वञ्चित छन । सक्नेले सौर्य ऊर्जा प्रयोग गर्छन, अधिकांशको घरमा सोलार छन भने एकाध ठाउँका नागरिक अन्य स्रोतको भरमा छन। अहिले नरहरिनाथ गाउँपालिकामा रास्ट्रीय प्रसारण लाईन पहिलोपटक पुगेको हो ।
कालिकोट जिल्लाको दुर्गम ठाउँ नरहरिनाथमा बिजुली पुगेपछि स्थानीयवासीमा खुसियाली छाएको छ । अब सुगम ठाउँ हुने कुरामा विश्वास राख्दछन। वडा नं ३ भराँता गाउँका व्यवसायी मान बहादुर बुढा पनि बिजुली बल्यो भन्दै खुशी व्यक्त गर्छन । यतिका वर्षपछि बिजुली पुग्दा गाउँमा खुशियाली छाएको छ । बिजुली नहुँदा दैनिकी असहज थियो अब सुगम हुने भयो। वर्षौंदेखि नरहरिनाथवासी असहज रुपमा दुर्गमको महसुसमा बस्न बाध्य थिए ।
‘वर्षाको पर्वाह नगरी, रातदिन नभनी वितरणको काम गरिरहेका छौँ’, रास्ट्रीय प्रसारण लाईनका ईनिमिमिटर नबराज बुढाले भने, ‘केही वर्षमै गाउँपालिकाभरि बिजुली पुग्छ यदि सबै तर्फबाट लाग्ने हो भने।’ ११ हजार भोल्टेज क्षमताको सो रास्ट्रीय प्रसारण लाईन गत चैत तेस्रो सातादेखि नरहरिनाथको वडा नं १ मा परीक्षण शुरु गरिएको थियो । ‘अहिले वडा नं १,२ र ३ मा बत्ती बल्ने भएको छ भने वडा नं ८ र ९ मा पनि छिट्टै बाल्न लागेका छौ । उनले भने।’
गाउँपालिकाको कार्यालयसम्म मुख्य लाइन विस्तार र ट्रान्समिटर जडानको काम सकिएको कालिकोट वितरण केन्द्रले बताएको छ । घरघरमा कालो तार विस्तार, मिटर जडान लगायतका काम तीव्र गतिमा गरे सम्पुर्ण घर-घरमा बिजुली पुग्ने कालिकोट वितरण केन्द्रका कार्यालय प्रमुख बिमल प्रसाद शाहले बताए ।
गाउँपालिकाका सबै ठाउँमा प्रायः विधुतका पोलहरु पुगेका छन भने तारको विस्तार पनि भैईरहेका छन। यदि पुर्णतया काम सकिए रास्ट्रिय प्रसारण लाईनबाट गाउँपालिकाका झण्डै एक हजार ३ हजार ९१० भन्दा बढि घरपरिवारलाई बिजुली पुग्नेछ । गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले अब नरहरिनाथ ‘उज्यालो गाउँपालिका’ उन्मुख हुने बताए । ‘अहिलेसम्म बिजुलीको धेरै अपेक्षा थियो र पुग्दा खुशी लाग्यो बत्ती नहुदा गाउँपालिकाका सम्पुर्ण कामकाजमा पनि अवरोध हुन्थ्यो’, उनले भने, ‘अब त्यो अवस्था रहेन, उज्यालो गाउँपालिका बन्दैछ ।’
गाउँपालिकाको वडा नं ७ उच्छवखोलामा केही वर्षअघि साना जलविद्युत आयोजना सञ्चालनमा आएको थियो । तर त्यस क्षेत्रमा भने निरन्तररुपमा बिजुली पाएका छैनन।
नरहरिनाथमा बिजुलि पुग्दा छाएको खुशी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
8
+1
108
+1
28
+1
14
+1
18
+1
14
+1
2