कमल कोपिला

३० फाल्गुन २०८२ कालिकोट ।
कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नं २ स्थित मजिउन खोला र बुक खोलाको बीचमा एक युवक मृत अवस्थामा फेला परेका छन्। मृतक नरहरिनाथ ३ कुमालगाउँ निवासी बुवा दान बहादुर बुढा र आमा मनपुरा बुढाका २२ वर्षीय जेठो छोरा राजेन्द्र बुढा रहेको खुलेको छ।

रोजगारको बालुवा ल्याउन गएका एक दम्पतीले शव देखेपछि घटना बाहिर आएको हो। परिवारका अनुसार बुढा २८ गतेदेखि हराइरहेका थिए र ३ दिनदेखि घरको सम्पर्कमा थिएनन्। उनी नरहरिनाथको मुख्य सडकबाट करिब ३०० मिटर तल मृत अवस्थामा फेला परेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
27
+1
12

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS