कमल कोपिला
जेठ २६‚ कालिकोट।
औसत मतदातासँग केहि समय वार्तालाप गरियो भने दुनियाँमा प्रचलित लोकतन्त्र विरुद्धको सर्वोत्तम तर्क र बहसका बुँदा फेला पर्छन र मतदाताले बुझेको लोकतन्त्र र उम्मेदवारले बोलेको अर्थात चुनावि घोषणा पत्रमा लेखेको र भनेको लोकतन्त्रमा बृहत अन्तर छ भन्ने एउटा उदाहरण नरहरिनाथ गाउँपालिका वडा नं ३ कालाशिल्ला निवासि मोति बिकको जिवनशैलिलाई लिएर भन्न सकिन्छ।
नेतालाई चुनावि दौडको प्रवेशविन्दु पार्टिको टिकट लिनु हो भने पार्टिको टिकट नै चुनाव जित्ने पहिलो आधार हो। ‘जब जसरि पनि चुनाव जित्नुपर्छ’ भन्ने मान्यता राखिन्छ‚ तब जित्नका लागि जे बोलेनि हुने जसो गरेनि हुने भन्ने मान्यता राख्छन अर्थात अरु कुरा गौण हुन्छन।
संघियता पछीको पहिलो स्थानिय तहको निर्वाचनमा मोतिलाई पक्कि घर बनाईदिन्छौ भन्दै हातमा थोरै पैसा थमाउदै भोट माग्न आएका नेताहरुलाई अहिले उनि घरि-घरि सम्झिन्छन। उनि भन्छन‚“उहाँसाहेबहरु आपुकन झित्नाईलाई भन्नुहुदो ठहर्यो हामि सुच्चा छोराले नभन्या कुणा यिनले गरे‚गर्दिन्ना सुच्चा।”
अहिले अरुको जग्गामा सानो जस्ताको छानो भएको घर बनाएर बसेका मोतिका एक छोरा‚ दुई छोरि र श्रीमति छिन। उनले दुईवटा बिहे गरेका हुन। साथमा रहेकि श्रीमतिबाट उनका कुनैपनि सन्तान छैनन। उनि र उनकी श्रीमति मात्र छुट्टै बस्छन। उनि ८० वर्ष पुग्न लाग्दा उनकि श्रीमती ६० वर्ष पुगिन। खान लाउन अपुग भईरहने उनिहरुलाई धन्न सरकारले वृद्ध भत्ता दिएर अलिकति सहज भएको छ। टिनको छानो भएको घर हावाहुरि लाग्दा उडाउला झै हुन्छ‚ भने पानि पर्दा चुहिएर घर भित्रै पानि पस्ने समस्या रहेको बताउछन। दाउरा‚ पिठो र अन्न समेत उनिहरु मागेर खान्छन। भत्ता पाउँदा पैसाले धेरै दिनसम्म उनको घरमा बस्न पाउँदैन। चैनले सुत्न समेत पाउँदैनन। छोरा भन्दा छोरिको अलिकतिको सहयोगले उनलाई केहि राहत हुन्छ। बुढाबुढिको कहिलेकाहि ठाकठुक पर्ने भएकाले कहिलेकाहि विरक्त लाग्ने कुरा पनि बताउछन। तर पनि उनि सरकारको सहयोगको अपेक्षामा बसेका छन। बाटोमै घर भएकाले उनले हिडडुल गर्ने मान्छेलाई सरकारकहाँ भनिदिन आग्रह गर्दछन। उनि भन्छन‚ “अघिल्लो सरकार हुनेबेला अलिकति सहयोग त मिल्थ्यो अहिले त केहि पाईएको छैन। दुईदिन बाँच्दासम्म सुकिलो घरमा चैनमा सुत्न पाएहुन्थ्यो तर जो जति आउँछन गरौला भन्छन‚ गरिदिदैनन। हाम्रा लागि सरकार बनायौ सत्ता ल्यायौ भन्छन तर हामिलाई केहि दिदैनन। अरु केहि नदिएपनि चुहिने छानो छोप्ने टिन दिए हुन्थ्यो।”
‘चुनाव जित्न मत चाहिन्छ‚ मत पाउन जनमत चाहिन्छ।’ जनमत बनाउन तदनुकुलको योजना चाहिन्छ। जनपक्षिय योजना कार्यन्वयन गर्ने कार्ययोजना पनि चाहिन्छ। यि कुरा लामो त्याग र संघर्षबाट मात्रै प्राप्त हुन्छ। तर यहाँ त भन्ने एक‚ अर्को गर्ने चलन रहेको छ। नागरिक चेतनशिल भएन भने पनि यस्तो समस्या बारम्बार आउदछन। त्यसैले मोति दम्पत्ति फेरि पनि अर्को चुनावको पर्खाईमा रहेको बताउँछन। उनलाई नेत्तृत्त्व छनौटको मात्र चिन्ता होईन उनलाई चुनावमा बाँडिने पैसाको र भ्रमात्मक कुराहरुको लोभ छ। किनकि उनलाई दुईदिन बाँच्दासम्म नचुहिने छानो भएको घरमा बस्न मन छ। खान लाउन पुग्ने सहयोग गर्ने सरकार र अर्को कोहि जनप्रतिनिधिले भरपुर सहयोग गरिदिन्छनकि भन्ने अपेक्षा रहेको छ।
त्यसैले‚ जबसम्म चुनाव लोकतन्त्रको साधन हैन साध्य ठान्ने‚ प्रतिष्पर्धाको माध्यम हैन एकलौटि जितको ग्यारेन्टी खोज्ने रुपमा बुझिन्छ तबसम्म वास्तविक लोकतन्त्र हुन सक्दैन। नेताले जसरि पनि जित्ने नागरिकले हार्ने प्रवृत्तीलाई जनताले मानिदिनुपर्ने बाध्यताको अन्त्य हुन जरुरि छ।