सोमवार ९ माघ २०७९ कालिकोट।

कमल कोपिला कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिकाको १२ औ गाउँसभा (हिउँदे अधिवेशन) आईतवार सम्पन्न भएको छ।

शनिवार गाउँपालिकाको सभाहलमा उद्घाटन भएको गाउँसभा आईतवार निर्माणाधिन विमानस्थल सुनथरालिमा सम्पन्न भएको हो। नरहरिनाथको समग्र पर्यटनको विकास र प्रवर्दनका लागि उक्त विमानस्थलमा गाउँसभाको समापन कार्यक्रम राखिएको बताईएको छ।गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टको अध्यक्षतामा सुरु गरिएको सो सभामा केहि महत्त्वपुर्ण निर्णयहरु भएका सरकारका प्रवक्ता प्रदिप बोहोराले जानकारि दिनुभयो।

उहाँका अनुसार‚ “नरहरिनाथ गाउँपालिकाको कार्यालयबाट कार्यसम्पादनका क्रममा आ.व. २०७४/०७५ देखि २०७८/०७९ सम्मको महालेखापरिक्षकको कार्यालय‚ काठमाण्डौबाट भएको अन्तिम लेखापरिक्षणबाट देखिएका बेरुजुका सम्बन्धमा बेरुजु रकमलाई सम्परिक्षणका लागि महालेखा परिक्षकको कार्यालय‚ काठमाण्डौमा अनुरोध गर्ने‚ गाउँकार्यपालिकाको बैठक वडा नं १ देखि ९ सम्म क्रमशः प्रत्येक महिनाको ५ गते बस्ने व्यवस्था मिलाउने र बैठकको आवश्यक व्यवस्थापन वडा कार्यालयले गर्ने र विशेष कारणवश तोकिएको समय र स्थानमा कार्यपालिकाको बैठक बस्न नसक्ने भएमा पुर्व सुचना गाउँपालिकाले गर्ने‚ गाउँपालिकाको वडा नं १ को ऐतिहासिक क्षेत्र सुनथरालि विमानस्थलको २०४२ सालमा निर्माण कार्य प्रारम्भ भई विभिन्न समयमा रोकिदै फेरि सुचारु हुदै गर्दाको विभिन्न समयमा निर्माण कार्यमा खटिएका मजदुरहरु तथा जनआन्दोलनको विभिन्न समयमा सहादत प्राप्त गर्ने अमर सहिदहरुको सम्झनामा नरहरिनाथ गाउँपालिकाको वडा नं १ स्थित हाल कार्य सम्पन्न हुदै गरेको सुनथरालि विमानस्थलको आसपासको क्षेत्रमा सहिद पार्क निर्माण गर्ने‚ वडा नं १ स्थित ऐतिहासिक सुनथरालि विमानस्थल विविध कार्यक्रम गरि सभ्य र भव्यरुपमा उद्घाटन गर्ने र सो को लागि आवश्यक बजेटको व्यवस्थापन गाउँपालिका र विमानस्थलको कार्यालयसँगको सहजिकरणमा गर्ने‚ गाउँपालिकाको वडा नं १ स्थित सुनथरालि विमानस्थललाई जोड्ने सबैभन्दा नजिकको स्थान कालिकोट जिल्लाको सदरमुकाम मान्म बजारदेखि सुनथरालि विमानस्थललाई जोड्नका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (DPR) का लागि रकम अभावका कारण समस्या भएको भनि निवेदन प्राप्त भएकाले गाउँपालिकाबाट उपयूक्त शिर्षकबाट रु १० लाख रुपैया व्यवस्था गरि सम्बन्धित निकाय सँग साझेदारि गर्ने र नेपाल सरकार‚ स्वास्थ्य मन्त्रालय‚ रामशाहपथ‚ काठमाण्डौबाट नेपाल भरिमा एक स्थानिय तह एक अस्पताल निर्माण गर्ने राष्ट्रिय अभियान अन्तर्गत गाउँपालिकामा गत आ.व. २०७७/०७८ मा सुचना भए अनुसार पालिकालाई समेत १५ शैयाको अस्पताल निर्माणका लागि रु.१८ करोड रकमको प्रस्ताव भए अनुसार पहिलो चरणको (DPR) भएर कार्य अधुरो नै रहेकाले अस्पताल निर्माण कार्य अघि बढ्न नसकेको हुँदा गाउँपालिकाको वडा नं ३ को सदरमुकामस्थित डाँडामाडुमा प्राथमिक स्वास्थ्य केन्द्र रहेको स्थानबाट अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्न आधारभुत अस्पताल संचालन गर्न अति आवश्यक भएकाले सम्वन्धित निकायहरुसँगको समन्वयमा आवश्यक प्रक्रिया अघि बढाउने र सो अस्पतालको नामाकरण योगि नरहरिनाथ आधारभुत अस्पताल कुमालगाउँ‚ कालिकोट राख्ने साथै योगि नरहरिनाथ आधारभुत अस्पताल कुमालगाउँको औपचारिक समउद्घाटन कार्यक्रम योगि नरहरिनाथको १०९ औ जन्मोत्त्सवको दिन २०७९ फाल्गुण १७ गतेका दिन विशेष कार्यक्रम गरि सम्पन्न गर्ने निर्णय भएको बताउनुभयो।”

“शिक्षा‚ स्वास्थ्य‚ कृषि‚ पर्यटन र पुर्वाधार‚ नरहरिनाथको विकास र समृद्धिको आधार” भन्ने मुख्य नारा सहित एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्ट र उपाध्यक्ष कमल कुमार शाहद्वारा सभाको शनिवार दिप प्रज्वलन गर्दै उद्घाटन गरिएको थियो । उद्घाटन समारोहमा अध्यक्ष बिष्टले हालसम्मको प्रगति माथि समिक्षा गर्नुभएको थियो भने गाउँ कार्यपालिकाबाट हालसम्म भएका निर्णयहरुमाथि छलफल प्रवक्ता प्रदिप बोहोराले गर्नुभएको हो। त्यस्तै विधायन समितिका संयोजक खाम्म बहादुर बटालाले १४ वटा कार्यविधि प्रस्तुत गर्नुभएको र बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक एवं गाउँपालिकाका उपाध्यक्ष शाहले आर्थिक वर्ष २०७९/८० को समिक्षा तथा केहि बजेट शिर्षकहरुमा संशोधन सम्बन्धि प्रस्ताव पेश गर्नुभएको थियो।

समापन कार्यक्रममा अध्यक्ष बिष्टले जनताको सरकार जनताकै निहितका लागि प्रत्येक वडामा गएर कार्यपालिकाको बैठक संञ्चालन गरिने र अस्पताल‚ बिधुत र विमानस्थल मात्रै बनाउन सके धोए पछिको अनुहार जस्तै हुने बताउनुभएको थियो ।

नरहरिनाथको गाउँसभा तस्विरमाः

गाउँसभा उद्घाटन गर्नुहुदै गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्ट र उपाध्यक्ष कमल कुमार शाह

गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारि अन्य सरोकारवाला

गाउँकार्यपालिकाको बैठक

गाउँकार्यपालिकाको बैठकमा अध्यक्ष बिष्ट बोल्नुहुदै

भिडियो लिंकः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
2
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS