कमल कोपिला
असार ०१‚ कालिकोट।
नरहरिनाथमा विकास किन भएन भन्ने बारे धेरै चर्चा गरिन्छ। विकास नहुनुमा उधम गर्ने उधमिको कमि छ भन्ने एउटा कुरा जबर्जस्त रुपमा प्रस्तुत भएको छ। नरहरिनाथ गाउँपालिका धेरै सम्भावना भएको ठाउँ हो। उधम बिना कुनै पनि ठाउँ विकसित भएको छैन। उधमको विकास हुँदा त्यसले रोजगारि सिर्जना गर्छ। बेरोजगारि घटाउछ‚ व्यक्तिको आय बढ्छ र राज्यको पनि आम्दानि बढ्छ। जसको उदाहरण नरहरिनाथ गाउँपालिकाको वडा नं ४ र ५ मा रहेका उधमिहरुलाई लिन सकिन्छ।
आर्थिक वर्ष २०७९/८० मा नरहरिनाथ गाउँपालिकामा उधोग विकास शाखाद्वारा गरिवि निवारणका लागि विभिन्न लघुउधम विकास कार्यक्रम लागु भएका थिए। जसअन्तर्गत नेपालि हातेकागज‚ अल्लोको कपडा बुनाई‚ हाते होजियारि‚ सिलाईकटाई‚ फर्निचरका सामाग्रि निर्माण‚ बेमौसमि तरकारि खेति र कुखुरा पालन सम्बन्धि सिप तालिम कार्यक्रम लागु भएका हुन। अहिले नरहरिनाथ गाउँपालिकाको वडा नं ४ र ५ मा यि कार्यक्रम लागु भएर विभिन्न कार्यक्रममा थुप्रो नागरिकलाई सहभागि गराई धेरै जना उधमि बन्न सफल भएका छन। गरिवि निवारणका लागि लघुउधम समुह बनाएर सक्रिय रुपमा लागेका उधमिहरुमध्ये गाउँपालिकाका वडा नं ४ र ५ का टोप्रा लघुउधम समुहले नेपालि कागजबाट डायरि‚ झोला र कागज बनाउदै आएको छ। त्यस्तै नन्दामाता अल्लो उधोग समुहद्वारा अल्लोबाट कोट‚ झोला‚ टोपि‚ दोसल्ला‚ गलबन्दि र सल लगायतका सामानहरु विगत ३ वर्षअघिदेखि उत्पादन हुदै आएका छन भने टोप्रा सिलाईबुनाई लघुउधम उत्पादन समुहले टोपि‚ पञ्जा‚ मोजा‚ मफलर‚ सुईटर र गमला लगायतका सामानहरु गत वैशाख ५ गतेबाट उत्पादन गर्दै आएको छ।
बिहिवार एक कार्यक्रमकाबिच सो ठाउँका उधमिद्वारा आफ्ना उत्पादित विभिन्न सामाग्रिहरु गाउँपालिकाका अध्यक्ष‚उपाध्यक्ष‚प्रमुख प्रशासकिय अधिकृत‚ सम्पुर्ण वडाका वडाध्यक्षहरु र शिक्षा सरोकारवालाई चिनो स्वरुप हस्तान्तरण गरेका छन। उक्त कार्यक्रममा चिनो ग्रहण गर्दै गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले उधोगहरुलाई निरन्तरता दिनका लागि आग्रह गर्नुभयो। साथै स्रोतको संरक्षण गरिनुपर्ने र स्थानिय उधोगद्वारा उत्पादित सामाग्रि गाउँपालिकाका विभिन्न क्रियाकलापमा प्रयोग गर्न सकिने र उधमिहरुमध्येबाट कमैले मात्र निरन्तरता दिने भएकाले‚ निरन्तरताका लागि खुशि व्यक्त गर्नुभयो।
तर उद्यमीहरूले भने साधन एवं स्रोतको उपलब्धताका आधारमा उधोगहरू सञ्चालन गर्दै आएका छन । टोप्रा लघुउधम समुहका अध्यक्ष जसमल सहकारि भन्नुहुन्छ‚“हामि सँग उपलब्ध भएको साधनअनुसार विभिन्न सामग्रि उत्पादन गर्छौ तर उत्पादन भएको सामानहरुको बजारिकरण र अन्य आवश्यक मेशिनरि सामानहरुको पुर्ति गाउँपालिकाले गरिदिएको भए हामीहरुलाई सजिलो हुने थियो।”
त्यस्तै‚ यसबाट नरहरिनाथको उक्त क्षेत्रमा समानुपातिक ढंगले औद्योगिक एवं आर्थिक विकासमा मद्दत पुग्ने देखिन्छ । सरकारले पनि सो क्षेत्रहरूमा लगानी गरी उद्योगको स्थापना गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्दै उनिहरुलाई सहजिकरण गर्दै आएको छ। यसरी नरहरिनाथमा आर्थिक विकास गरी सन्तुलित क्षेत्रीय विकासमा उद्यमीहरूले मद्दत पुर्याइरहेका हुन्छन् । सीपको विकास, प्रविधिको उपयोग र स्रोतको परिचालन गरी उद्यमशीलताको विकास गर्ने लक्ष्य राखेको भन्दै नरहरिनाथको उधोग विकास शाखाका वरिष्ठ उधम सहजकर्ता दिपेन्द्र बहादुर बिष्ट भन्नुहुन्छ‚“उपयुक्त प्रविधिको अभावका कारण उधमिको अपेक्षाअनुसार उपलब्ध नभएकाले स्तरोन्नतिको सम्बन्धि कार्यक्रम संञ्चालन गर्नुपर्ने देखिन्छ। नयाँ आर्थिक वर्षमा नयाँ उधमि सिर्जना भन्दापनि स्तरोन्नति सम्बन्धि बजेटको व्यवस्था गरि हाल संञ्चालनमा रहेका तालिम तथा व्यवसायकर्मिलाई गाउँपालिकाबाट अनिवार्य स्तरोन्नतिको कार्य गरिनुपर्छ ”
त्यस्तै उक्त कार्यक्रममा बोल्दै‚ गाउँ शिक्षा समिति सदस्य तथा जनप्रभात माविका प्रधानाध्यापक निर्मल कुमार बिष्टले औद्योगिक उत्पादनमा गुणस्तरीयता कायम गर्नुपर्ने, औद्योगिक क्षेत्रमा विद्युत आपूर्ति हुने अवस्था सिर्जना गर्नुपर्ने‚ औद्योगिक क्षेत्रमा पूर्वाधारको विकास बढाउँदै जानुपर्ने, सञ्चालित उद्योगहरूलाई उत्पादन तथा उत्पादकत्वको दृष्टिले प्रतिस्पर्धी बनाउनुपर्ने, नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने, औद्योगिक नीति बनाएर सम्बोधन गर्नुपर्ने र व्यापारिकरण तथा आर्थिक उदारीकरणले सृजना गर्दै ल्याएको प्रतिस्पर्धात्मक वातावरणको सामना गर्नु यस क्षेत्रका प्रमुख चुनौतीहरू रहेका बताउनुभयो।