कमल कोपिला

१७ फाल्गुन २०८२ कालिकोट । नेपाली कम्युनिष्ट पार्टी कालिकोट जिल्ला समिति र नेपाली कम्युनिष्ट पार्टी (माले) जिल्ला कार्यसमितिको संयुक्त बैठकले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ।

फागुन १७ गते कालिकोटमा सम्पन्न संयुक्त बैठकमा समसामयिक राजनीतिक अवस्था तथा जनसरोकारका विषयमा विस्तृत छलफल गरिएको जनाइएको छ। बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार महेन्द्र बहादुर शाहीलाई तारा चिन्हमा मतदान गर्ने सर्वसम्मत निर्णय गरेको छ।

दुवै दल मार्फत गरिएको प्रेस नोट

त्यसैगरी, समानुपातिकतर्फ भने दुवै दलले आ-आफ्नो पार्टीको चुनाव चिन्हमा मतदान गर्ने निर्णय गरेका छन्।

बैठकले आगामी दिनहरूमा जनसरोकारका विषयमा आपसी सहमति, सहकार्य र समन्वय गर्दै अघि बढ्ने सहमति जनाएको छ। साथै, प्रदेश तथा स्थानीय तहका आगामी निर्वाचनहरूमा समेत सहकार्य र आपसी समझदारीका आधारमा अघि बढ्ने निर्णय गरिएको छ।

संयुक्त विज्ञप्तिमा उल्लेख गरिएअनुसार, उक्त निर्णयहरूको प्रभावकारी कार्यान्वयनका लागि दुवै पक्ष प्रतिबद्ध रहेको जनाइएको छ।

संयुक्त विज्ञप्तिमा नेकपा (माले)का जिल्ला सचिव झुपेन्द्र रोकाया र नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य डम्वर बहादुर शाहीको हस्ताक्षर रहेको तस्विर सहित सामाजिक संजाल मार्फत शाहिले जानकारी दिएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS