कमल कोपिला
९ चैत्र २०८२ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा सशक्त बालिका परियोजना अन्तर्गत यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार सम्बन्धी सरोकारवालाहरूका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम Plan International Nepal को सहयोग, KIRDARC Nepal कालिकोटको सहजीकरण तथा नरहरिनाथ गाउँपालिकाको समन्वयमा आयोजना गरिएको हो।

कार्यक्रममा जनप्रतिनिधि, विभिन्न शाखाका प्रमुख, संघ-संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

स्थानीय तहलाई थप प्रतिबद्ध बनाउन, बालविवाह न्यूनीकरण, विधालयमा बालबालिकाको सहभागी बढाउने विषयमा आवश्यक छलफल गरिएको छ ।

कमल कुमार शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष शाहले यस्ता छलफललाई व्यवहारमा लागू गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले बाह्य रूपमा सभ्य देखिए पनि व्यवहारमा अझै सुधार आवश्यक रहेको भन्दै यस्ता अभिमुखिकरण कार्यक्रमहरूले सकारात्मक सन्देश दिने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमले स्थानीय स्तरमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसम्बन्धी सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS