कमल कोपिला
२२ फाल्गूण, कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा रहेको श्री विश्वकुना माध्यमिक विद्यालय माझगोठीले SEE परीक्षा केन्द्र टाढा सारिएको भन्दै कडा आपत्ति जनाएको छ ।

विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले गाउँपालिकाको कार्यालयसम्म नाराजुलुस गर्दै ज्ञापन पत्र बुझाएका छन् । विद्यालय प्रशासनका अनुसार २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) का लागि यसअघि अनुकुल हुने स्थानमा परीक्षा केन्द्र तोकिएको थियो । तर, हाल परीक्षा केन्द्र नरहरिनाथ-१ स्थित नन्दादेवी मावि, कोटबाडा सार्ने निर्णय गरिएपछि स्थानीयहरू आक्रोशित बनेका हुन् ।

उनीहरूका अनुसार, भौगोलिक विकटताका कारण विद्यार्थीहरूलाई उक्त स्थानमा परीक्षा दिन जान असहज हुनेछ । अभिभावकहरूले विद्यालय नजिकै नै दुईवटा परीक्षा केन्द्र उपलब्ध हुँदाहुँदै टाढाको विद्यालय तोकिएको भन्दै निर्णय सच्याउन माग गरेका छन् । उनीहरूले परीक्षा केन्द्र गाउँपालिकाको नजिकै रहेको श्री रमा मावि, कालाशिल्लामा कायम गर्न जोडदार माग गरेका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर बुढा र विद्यालयका प्रधानाध्यापक मान बहादुर बुढाको नेतृत्वमा बृहत् जुलुससहित गाउँपालिकामा पुगेका विद्यार्थी, शिक्षक, र अभिभावकहरूले निर्णय नसच्याए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् । ज्ञापन पत्र गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्ट लाई बुझाइएको छ । स्थानीयहरूले परीक्षा केन्द्र परिवर्तनको निर्णय तत्काल फिर्ता लिनुपर्ने भन्दै प्रशासनलाई दवाव दिन निरन्तर संघर्ष गर्ने बताएका छन् । त्यस्तै सो खालको निर्णय नभए हाल कायम गरिएका अन्य परिक्षा केन्द्रमा अवरोध सिर्जना गर्ने र जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई घेराउ गर्ने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
5
+1
3
+1
1
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS