कमल कोपिला
२२ फाल्गूण कालिकोट।
नेकपा माओवादी केन्द्र गाउँ कमिटी नरहरिनाथको महत्त्वपूर्ण बैठक आज सम्पन्न भएको छ । गाउँ कमिटी अध्यक्ष पौराम विश्वकर्मा बिनको अध्यक्षता, केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इन्चार्ज जीवन बुढाको प्रमुख आतिथ्यता, कर्णाली प्रदेश कमिटी सचिवालय सदस्य खडकराज सेजुवाल (विश्वराज) को विशेष आतिथ्यता रहेको उक्त बैठकमा विभिन्न तहका नेताहरू, कार्यकर्ता तथा जनवर्गीय संगठनका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। बैठकमा प्रदेश कमिटी सदस्य मनशोभा बुढा (आशा), अग्र ब. बिस्ट (सुन्निल), अखिल क्रान्तिकारी केन्द्रीय सदस्य प्रेम बहादुर दर्जी, प्रदेश कमिटी सदस्य यशोदा शाही, सहिद परिवार तथा घाइते अपांगता भएकाहरूका परिवारहरूको विशेष सहभागिता रहेको थियो।
बैठकमा स्ववियु निर्वाचनलाई लक्षित गर्दै तयारी तीव्र पार्ने, पार्टीलाई अझ संगठित र गतिशील बनाउने विषयमा छलफल केन्द्रित भयएको थियो । अखिल क्रान्तिकारी केन्द्रीय सदस्य प्रेम बहादुर दर्जीले स्ववियुको पूर्वतयारीबारे जानकारी गराएका छन भने विशेष रिपोर्ट प्रस्तुत गर्दै पार्टिका वडा अध्यक्ष तथा पदाधिकारीले वडास्तरका गतिविधि, पार्टी सदस्यता थप र नवीकरणको प्रगति बारे जानकारी गराएका छन ।

वडाका अध्यक्ष तथा पदाधिकारीहरूले आ–आफ्नो क्षेत्रमा पार्टी क्रियाकलापबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकले स्ववियु निर्वाचनलाई लक्षित गरी व्यापक तयारी गर्ने, पार्टीलाई गतिशील र बलियो बनाउने, पार्टी सदस्यता नवीकरण तीव्र पार्ने, सबै तहका कमिटीहरू निरन्तर बैठक बस्ने तथा संगठन सुदृढीकरणमा जुट्ने ठोस निर्णय गरेको हो । प्रमुख अतिथि, विशेष अतिथि तथा अन्य नेताहरूले पार्टीलाई अझ संगठित र प्रभावशाली बनाउन ठोस निर्णय गर्दै सबै तहका कार्यकर्ताहरू सक्रिय हुनुपर्ने धारणा राखेका थिए ।
पार्टि नेतृत्त्वले बैठकका निर्णयहरू कार्यान्वयन गर्दै स्ववियु निर्वाचनमा प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन ।