कमल बिष्ट
२२ फाल्गूण कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ ।

महिला तथा बालबालिका शाखाको आयोजनामा सम्पन्न उक्त प्रतियोगिता ज्ञान परीक्षण, सीप विकास र मनोरञ्जनात्मक प्रतिस्पर्धालाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको थियो । कार्यक्रमको अध्यक्षता महिला तथा बालबालिका शाखा प्रमुख सरिता विष्टले गर्नु भएको थियो भने, प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नगेन्द्र विष्ट रहनुभएको थियो । उपाध्यक्ष कमल कुमार शाह र प्रशासकीय अधिकृत युवराज पौडेल विशेष अतिथि रहनुभएको यस कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण शाखा प्रमुख, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

प्रतियोगितामा सात वटा विद्यालयका टोलीहरू प्रतिस्पर्धामा उत्रिएका थिए । तीमध्ये श्री नन्दादेवी माध्यमिक विद्यालय, कोटवाडा प्रथम स्थान हासिल गर्न सफल भएको छ । श्री शान्ति माध्यमिक विद्यालय, रातिमाटि द्धितीय स्थानमा तथा श्री रुपादेवी माध्यमिक विद्यालय, उच्छब तृतीय स्थान ल्याएको छ । प्रतिस्पर्धामा सहभागी अन्य विद्यालयहरूमा मंगलाशैनी माध्यमिक विद्यालय, रमा माध्यमिक विद्यालय, श्री नन्दादेवी मावि सेरापाटा, र जनप्रभात माध्यमिक विद्यालय रहेका थिए । सबै सहभागी समूहलाई स्टेसनरी सामग्री पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा समयपालकको भूमिका शिक्षा शाखाका स्रोत शिक्षक अनिपाल वि.क. ले निर्वाह गर्नुभएको थियो । प्रश्न वाचकको जिम्मेवारी शिक्षा शाखाकी प्रा.स. अनिता भट्टले सम्हाल्नुभएको थियो भने, उत्तर मूल्यांकनको जिम्मा बाल कल्याण अधिकारी विक्रम वि.क. ले लिनुभएको थियो ।

कार्यक्रम अत्यन्तै प्रतिस्पर्धात्मक, ज्ञानवर्द्धक र रोचक भएको बताईएको छ । विद्यार्थीहरूबीच ज्ञान र क्षमता प्रदर्शन गर्ने उत्कृष्ट अवसरको रूपमा रहेको यो कार्यक्रम आगामी दिनमा अझ व्यापक बनाउने योजना रहेको आयोजक महिला तथा बालबालिका शाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
1
+1
1
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS