कमल कोपिला
२३ फाल्गूण कालिकोट ।
जिल्लाको नरहरिनाथ गाउँपालिकामा शुक्रबार सर्वदलीय बैठक सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा, अध्यक्ष नगेन्द्र बहादुर बिस्टको अध्यक्षतामा बसेको बैठकमा सम्पूर्ण राजनैतिक दलका प्रमुख र पदाधिकारीहरूको उपस्थितिमा विभिन्न महत्त्वपूर्ण निर्णयहरू लिइएको छ ।

बैठकमा, गाउँपालिका क्षेत्रका विविध समस्याहरूका बारेमा छलफल गरिएको थियो । जस अन्तर्गत, सडक सञ्चालन, SEE परिक्षा केन्द्र निर्धारण, र सिमलटुडादेखि डाडाखर्कसम्म पुल निर्माणका लागि स्थान चयनजस्ता महत्त्वपूर्ण विषयमा निर्णयहरू गरिएको छ । सर्वदलीय बैठकले, नरहरिनाथको समग्र भौतिक तथा पुर्वाधारहरुको विकासका लागि कर्णाली प्रदेश सरकारसँग डेलिकेशनका लागि ५ दलका प्रतिनिधिहरू पठाउने निर्णय समेत गरेको छ । साथै, विश्वकुना, पिपलरुख, थाडुमाडु, उच्छव र रामारोशन सडक खण्डको ट्रयाक खोल्ने बारेमा विवाद रहेको हुँदा नयाँ लागत अनुमान तयार गर्न निर्णय गरिएको छ । चैत्र ७ गतेदेखि सञ्चालन हुने SEE परिक्षाको लागि, गाउँपालिकाले उपयुक्त स्थानमा परीक्षा केन्द्र तोक्ने प्रक्रिया पहल गर्ने निर्णय गरेको छ । साथै, गाउँपालिकाका नागरिकलाई यातायातमा सहजता ल्याउनका लागि साबिक लालु र मालकोटलाई केन्द्रसँग जोड्ने मोटरेबल पक्कि पुलको माग पनि गरिएको छ ।

आज सम्पन्न सो बैठकको परिणामस्वरूप, नरहरिनाथ गाउँपालिकामा समग्र विकास र समृद्धिको मार्ग प्रशस्त हुने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
3
+1
1
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS