कमल कोपिला
२३ फाल्गूण कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) को गाउँपालिका अधिवेशन तयारी स्वरूप घरदैलो अभियान तिव्ररूपमा जारी रहेको छ ।

गाउँपालिका अन्तर्गत १ देखि ९ वडा सम्मका वडाहरूमा अधिवेशन तथा जनता संग घरदैलो कार्यक्रम व्यापक रुपमा भइरहेको छ । जस अन्तर्गत, फागुन २० गते लालुमा दुई वटा वडाका अधिवेशन भव्यताका साथ सम्पन्न भएका छन् । घरदैलो अभियानले नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै समाज परिवर्तनका एजेन्डा प्रस्तुत गरेको छ । अभियानका क्रममा नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश सचिव धिर बहादुर बिष्टले सामाजिक न्याय, सामाजिक विकास र राजनीतिक असमानता अन्त्यका लागि समाजवादी आन्दोलन अपरिहार्य रहेको बताए । उनले भने, “समाजवादी आन्दोलन केवल नारामा सीमित हुन हुँदैन, व्यवहारमा लागू गर्दै उत्पीडित समुदायलाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सशक्त बनाउनुपर्छ।”

अधिवेशनकै क्रममा विभिन्न पार्टी परित्याग गरी ३५ जना नेता तथा कार्यकर्ताहरू नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । उनीहरूलाई कार्यक्रममा औपचारिक स्वागत गरिएको थियो । गाउँपालिका स्तरको अधिवेशन फागुन २७ गते भव्य रूपमा सम्पन्न हुने तयारी भइरहेको एकिकृत समाजवादि नरहरिनाथले जनाएको छ । यो अभियानले समावेशी समाज निर्माण, विभेद अन्त्य र समुचित विकासका लागि स्थानीय नागरिकको समर्थन र सहभागिता बटुल्न सफल भएको बताईएको छ ।

नरहरिनाथ गाउँपालिकामा जारी समाजवादी पार्टीको घरदैलो अभियानले स्थानीय जनताबीच प्रत्यक्ष संवाद स्थापित गर्दै समाजवादी विचारधारालाई प्रवर्द्धन गरिरहेको छ । जातीय विभेद, सामाजिक अन्याय, र राजनीतिक असमानता विरुद्धको यो अभियानले विभिन्न वडाहरूमा जनचेतना पनि अभिवृद्धि गर्दै आएको छ । फागुन २७ गते हुने गाउँ अधिवेशनका लागि उत्साहपूर्वक तयारी भइरहेको छ, जसले पार्टी संगठनलाई थप सुदृढ गर्ने अपेक्षा गरिएको छ । स्थानीयस्तरमा समाजवादी आन्दोलनलाई संस्थागत गर्दै, पार्टीले आर्थिक, सामाजिक, र राजनीतिक रूपमा उत्पीडित समुदायको सशक्तीकरणलाई आफ्नो प्राथमिक लक्ष्य बनाएको छ । नवप्रवेशी नेता तथा कार्यकर्ताको सहभागिताले अभियानलाई थप बल प्रदान गरेको छ भने घरदैलो कार्यक्रमबाट स्थानीय बासिन्दाको सहभागिता उल्लेखनीय देखिएको छ । समाज परिवर्तनको लक्ष्यलाई लिएर अघि बढेको यो अभियानले भविष्यमा झनै व्यापक प्रभाव पार्ने विश्वास समाजवादिले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS