कमल कोपिला
२३ फाल्गूण कालिकोट ।
कला, साहित्य र कलाकारितामा एक दशकदेखि सक्रिय रत्नकमल बिष्टलाई नरहरिनाथ गाउँपालिकाले विशेष सम्मान प्रदान गरेको छ । स्थानीय कला, संस्कृति तथा राष्ट्रगुरु योगी नरहरिनाथको विचार प्रचार-प्रसारमा उल्लेखनीय योगदान पुर्याएको भन्दै गाउँपालिकाले बिष्टलाई सम्मान गरेको हो ।
सम्मान पत्र हस्तान्तरण गर्दै नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले भने, “रत्नकमल बिष्ट गाउँपालिकाको अभिन्न प्रतिभा हुन् र उनी गाउँपालिकाको कला, साहित्री र संस्कृतिको श्रीवृद्धिका लागि र रास्ट्रगुरु योगि नरहरिनाथको योगदान र विचारको प्रचार प्रसारमा उनको योगदानलाई हामी सधैं उच्च सम्मान गर्नेछौं।”

रत्नकमल बिष्ट कला, साहित्य, संगीत तथा सामाजिक सेवामा समेत सक्रिय रहँदै आएका छन्। ऊनी नरहरिनाथ गाउँकार्यपालिका द्वारा राष्ट्रगुरु योगी नरहरिनाथको १०५औँ जन्मोत्सवको अवसरमा पहिलोपटक रहगाड महोत्सवको आयोजना गर्दै स्थानीय कला, संस्कृतिको प्रवर्द्धन गरेका उनी विभिन्न मेला महोत्सव तथा कार्यक्रममा उद्घोषकको रूपमा पनि परिचित छन्।
तीनवटा कृतिहरू प्रकाशित गरिसकेका बिष्टले झन्डै दुई दर्जनभन्दा बढी गीतहरूमा शब्द, लय, संगीत तथा अभिनयसमेत गरेका छन्। समाज परिवर्तनमा कलाकारिताले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने मान्यताका साथ उनी लामो समयदेखि कला-साहित्यमार्फत सामाजिक सेवा गरिरहेका छन्।
यस सम्मानले बिष्टको आगामी यात्रालाई अझ प्रेरणादायी बनाउने विश्वास लिइएको छ। नरहरिनाथ गाउँपालिकाले आगामी दिनमा पनि स्थानिय प्रतिभालाई प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।