कमल कोपिला
२४ फाल्गूण कालिकोट । जनतासँग माओवादी जागरण अभियान अन्तर्गत शिक्षक तथा कर्मचारीहरूबीचको विशेष अन्तरक्रिया कार्यक्रम आज नरहरिनाथमा भव्य रूपमा सम्पन्न भएको छ ।
नेकपा (माओवादी केन्द्र) नरहरिनाथका वरिष्ठ उपाध्यक्ष जगत ब. बिस्ट ‘क. निर्माण’ को अध्यक्षतामा सुरु भएको कार्यक्रममा पार्टी प्रदेश कमिटी सचिवालय सदस्य खडकराज सेजुवाल ‘क. विश्वप्रकाश’ प्रमुख अतिथि रहेका थिए । विशेष अतिथि पार्टी प्रदेश कमिटी सदस्यहरू अग्र ब. बिस्ट ‘सुनिल’, मनशोभा बुढा ‘आशा’, कमल कुमार शाह ‘लिला’ लगायतका नेताहरूको समेत उपस्थिति रहेको सो कार्यक्रममा विभिन्न जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिहरू, शिक्षक तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा पार्टी सुदृढीकरण, संगठन विस्तार, शिक्षा स्वास्थ्य तथा अन्य सामाजिक विकासका क्षेत्रमा देखिएका चुनौतीहरू तथा पार्टिको आगामी कार्यदिशा निर्माण जस्ता विषयहरूमा गम्भीर छलफल भएको थियो । सहभागीहरूले माओवादी आन्दोलनको वर्तमान कार्यदिशा, शिक्षक तथा कर्मचारीहरूको भूमिकासँगै संगठनात्मक सशक्तीकरणका विषयमा विचार राखेका थिए । कार्यक्रमले पार्टी र जनसमुदायबीचको सम्बन्ध अझ मजबुत बनाउने विश्वास गरिएको छ। कार्यक्रमको संचालन पार्टिका नेता कटक बहादुर बूढाले गरेका थिए ।
माओवादी जागरण अभियानः शिक्षक तथा कर्मचारीहरूबीचकोअन्तरक्रिया सम्पन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1