कमल कोपिला
२७ फाल्गूण कालीकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा नेकपा एकीकृत समाजवादीको पालिका अधिवेशन सम्पन्न भएको छ । कुमालगाउँमा आयोजित अधिवेशनमा कर्णाली प्रदेश कमिटीका सचिव धिर बहादुर बिष्टको प्रमुख आतिथ्यतामा ३७ सदस्यीय पालिका कमिटी गठन गरिएको छ ।

अधिवेशनले कर्ण बहादुर बुढालाई अध्यक्ष चयन गरेको छ भने कुलमान बटाला उपाध्यक्ष, कालि बहादुर बिष्ट सचिव, दान बहादुर बुढा र धन बहादुर बिष्ट उपसचिव तथा मानपुरा बी.क. महिला उपसचिव रहने गरी नेतृत्व चयन गरेको छ।

“दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौं, समाजवादको दिशामा अघि बढौं” भन्ने नारासहित सम्पन्न अधिवेशनमा एकीकृत स्वास्थ्यकर्मी संगठन कर्णाली प्रदेश अध्यक्ष किशोर रावल, युवा नेता राजेन्द्र बिष्ट, पार्टीका जिल्ला कमिटी उपसचिव अशोक शाहीलगायत नेताहरूको उपस्थिति रहेको थियो ।
देशलाई समाजवादको दिशामा अघि बढाउने आफ्नो लक्ष्य रहेको र स्थानीय तहदेखि नै सशक्त संगठन निर्माण गर्न आवश्यक रहेकोले एकीकृत समाजवादीले जनताको हक, अधिकार र समानताको पक्षमा दृढ भएर उभिनुपर्ने पार्टि प्रदेश सचिव तथा प्रमुख अतिथि बिष्टले बताउनुभयो भने एकीकृत स्वास्थ्यकर्मी संगठन कर्णाली प्रदेश अध्यक्ष किशोर रावलले
आफ्नो आन्दोलन केवल राजनीतिक मात्रै होइन, सामाजिक न्याय र सेवा प्रवाहमा सुधार ल्याउने अभियान भएकाले स्वास्थ्य क्षेत्रको सुधारका लागि पार्टीको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताउनुभयो ।

त्यस्तै पार्टिका युवा नेता राजेन्द्र बिष्टले, युवाहरू राजनीतिबाट विमुख हुनुभन्दा सक्रिय रूपमा सहभागी हुनुपर्छ । समाजवादी विचारधाराले मात्र देशलाई समृद्धितर्फ लैजान सक्ने औल्याउनुभयो भने पार्टिका जिल्ला उपसचिव अशोक शाहीले आफ्नो पार्टी कुनै पदको लोभमा होइन, देश र जनताको मुक्तिका लागि लड्न अगाडि आएको हो। नरहरिनाथको यो अधिवेशनले संगठनलाई अझ बलियो बनाउने बिश्वास व्यक्त गर्नुभयो । “दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौं, समाजवादको दिशामा अघि बढौं” भन्ने नारासहित सम्पन्न अधिवेशनमा विभिन्न तहका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
1
+1
1
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS