कमल कोपिला ।
३ फाल्गुण कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका स्थित नन्दादेवी बहुमुखी क्याम्पस स्ववियु सभापति पदका लागि यशोदा शाहीले आफ्नो उम्मेदवारी दिनुभएको छ। विद्यार्थी हकहितको सुनिश्चितता, शिक्षाको गुणस्तर सुधार, पारदर्शी प्रशासन, र समावेशी नेतृत्वलाई प्राथमिकता दिँदै उहाँले चुनावी प्रतिस्पर्धामा होमिनुभएको हो।
शाहीका अनुसार, क्याम्पसमा शिक्षण शुल्क पारदर्शिता, छात्रवृत्ति वितरणको सुशासन, भौतिक पूर्वाधारको विकास, र विद्यार्थीको हक तथा सुविधामा सुधार आवश्यक छ।

“विद्यार्थीहरुको आवाज बुलन्द गर्दै प्रशासनलाई प्रभावकारी कार्यान्वयनका लागी पहल गर्न आवश्यक छ। अब स्ववियुलाई प्रभावकारी बनाएर विद्यार्थी हक र शिक्षाको गुणस्तर सुधार गर्न म प्रतिबद्ध छु।” – शाहीले बताउनुभयो।
समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरूको साझा उम्मेदवारका रूपमा शाहीलाई व्यापक समर्थन मिल्ने अपेक्षा गरिएको छ। स्ववियु निर्वाचन नजिकिँदै गर्दा विद्यार्थीहरूबीच उहाँको उम्मेदवारीले चर्चा पाएको छ। त्यस्तै, उहाँसंगैको प्यानलमा सचिवमा सागर बहादुर सहकारी र कोसाध्यक्षमा नवीन बिस्ट पनि रहेका छन ।