कमल कोपिला ।
२४ चैत्र कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा आजदेखि बृहत् स्वास्थ्य शिविर सुरु गरिएको छ। नरहरिनाथ गाउँपालिका र एक एक पाईला फाउन्डेसनको आयोजनामा सुरु गरिएको उक्त शिविरमा स्थानीयवासीको बाक्लो उपस्थिति देखिएको छ ।

शिविरमा देश तथा विदेश लगायतका विभिन्न स्थानबाट आएका विशेषज्ञ चिकित्सकहरूको टोलीले स्वास्थ्य परीक्षण तथा उपचार सेवा दिइरहेका छन्। स्वास्थ्य शिविरमा महिलासम्बन्धी रोग, बालबालिकासम्बन्धी समस्या, छाला सम्बन्धी रोग, दाँत, आँखाको परीक्षण, जस्ता विभिन्न रोगहरूको परीक्षण र आवश्यक औषधी निशुल्क वितरण समेत गरिएको छ।

स्वास्थ्य सेवा लिन बिहानैदेखि मानिसहरूको लामो लाइन लागेको देखिएको छ। गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिस्टले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरिएको बताए। त्यस्तै उपाध्यक्ष कमल कुमार शाहले स्वास्थ्य सेवा पहुँचविहीन क्षेत्रमा पुग्न यस्तो शिविर निकै प्रभावकारी हुने विश्वास लिएको बताए।

स्वास्थ्य सेवा लिन आएका स्थानीयवासीहरूले यस्तो शिविरले आफूहरूलाई सहज, सुलभ र गुणस्तरीय सेवा उपलब्ध गराएको भन्दै खुसी व्यक्त गरेका छन्। साथै व्यवस्थापनमा अझ सहज बनाउन अपिल समेत गरेका छन । शिविर आगामी २६ गतेसम्म चल्ने जानकारी आयोजकले दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS