कमल कोपिला
२५ चैत २०८१ कालिकोट । नेकपा माओवादी केन्द्र निकट महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) नरहरिनाथको दोस्रो गाउँपालिका सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ।

अनेमसंघ क्रान्तिकारी नरहरिनाथकी अध्यक्ष रमिता बोहोराको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनमा केन्द्रदेखि स्थानीय तहसम्मका पार्टी नेताहरूको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएकी अनेमसंघ क्रान्तिकारी पार्टी केन्द्रीय सदस्य, केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला सह-इन्चार्ज गंगा खड्काले महिलाहरू बिना क्रान्तिको परिकल्पना गर्न नसकिने बताउँदै स्थानीयस्तरमै महिला नेतृत्व सशक्त हुन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “महिलाहरू क्रान्तिको मेरुदण्ड हुन्, यो सम्मेलनले संगठनलाई थप उचाइमा पुर्‍याउनेछ।”

त्यसैगरी, विशेष अतिथि पार्टी जिल्ला संयोजक डम्बर बहादुर शाही (क. दिलिप) ले क्रान्तिकारी आन्दोलनमा महिलाहरूको योगदान ऐतिहासिक भएको भन्दै, “महिला जागरण र संगठित प्रयासले समाज परिवर्तन सम्भव छ,” भन्ने धारणा राख्नुभयो।

सम्मेलनमा पार्टी गाउँकमिटी इन्चार्ज अग्र ब बिस्ट (क. सुनिल), जिल्ला सह-इन्चार्ज मनशोभा बुढा (क. आशा), प्रदेश कमिटी सदस्य कमल कुमार शाह (क. लिला), वैकल्पिक प्रदेश कमिटी सदस्य नवराज उपाध्याय (क. असिम), जिल्ला सहसंयोजक सत्यदेवी बुढा (क. भावना), युवा नेता कटक बहादुर बुढा, र सहिद परिवारका प्रतिनिधि रिठु बिक र विर्धार्थी नेत्री यशोदा शाहिको विशेष उपस्थिति रहेको थियो। उनीहरूले सबैले महिला उत्पीडन विरुद्धको संघर्ष, समानता, सामाजिक न्याय र संगठन सुदृढीकरणमा जोड दिएका थिए।

सम्मेलनले सर्वसम्मत रूपमा कल्पना बिस्टको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। जसमा नन्दा बिष्ट, निरा सहकारी र कृसना बिक उपाध्यक्ष, दुरा बिक सचिव, दुर्गा उपाध्याय कोषाध्यक्ष र आइती बिक सह–सचिवको रूपमा चयन भएका छन्। नवनिर्वाचित अध्यक्ष कल्पना बिस्टले सम्मेलनको समापन मन्तव्य दिँदै भन्नुभयो, “यो जिम्मेवारी म हजारौं संघर्षशील महिलाहरूको प्रतिनिधित्वका रूपमा लिएको छु, संगठनलाई गाउँ–गाउँमा पु¥याउने हाम्रो मुख्य लक्ष्य हुनेछ।”

उक्त सम्मेलनले संगठन सुदृढीकरण मात्र होइन, महिला राजनीतिक चेतना अभिवृद्धि र स्थानीय तहमा नेतृत्व उत्पादनको दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS