कमल कोपिला
२५ चैत्र कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका र एक एक पाईला फाउन्डेसनको संयुक्त आयोजनामा सञ्चालित स्वास्थ्य शिविरको दोस्रो दिन पनि उत्साहजनक सहभागिता देखिएको छ। विभिन्न ठाउँबाट आएका विशेषज्ञ चिकित्सकहरूको सक्रिय सहभागितामा भइरहेको शिविरमा आज पनि हजारौं स्थानीयवासीले निःशुल्क सेवा लिएका छन्।

शिविरमार्फत प्रदान गरिएका सेवा आँकडाहरूले यसको प्रभावकारिता र सफलताको प्रमाण दिएका छन्। पहिलो दिनको विवरण अनुसार ३६ जनाको आँखाको शल्यक्रिया, २८९ जनाको आँखाको ओपिडी सेवा, ३६४ जनाको जनरल मेडिसिन सेवा, १२३ जनाको स्त्री रोग सेवा, १९२ जनाको नाक, कान, घाँटी सम्बन्धी सेवा, १२६ जनाको छाला रोग परीक्षण, २२१ जनाको हाडजोर्नी परीक्षण, १११ जनाको दन्त सेवा, ८५ जनाको बालरोग परीक्षण, ९ जनाको कानको अपरेसन, ९१ जनाको सामान्य शल्यक्रिया तथा १३२ जनाको प्रयोगशाला परीक्षण गरिएको छ।

यस्तै, भिडियो एक्सरे सेवा ९४ जनालाई र साधा एक्सरे ४९ जनालाई प्रदान गरिएको छ भने ईसिजी सेवा २ जनाले र ईन्डोस्कोपी सेवा ६ जना गरि जम्मा १९३० जनाले विभिन्न सेवा लिएका छन्।

स्वास्थ्य शिविर भोलि पनि जारी रहने जानकारी दिँदै आयोजकले सेवाग्राहीहरूलाई बिहान ९ बजेदेखि नै सेवा लिन आउन अनुरोध गरेका छन्।

नरहरिनाथको इतिहासमै पहिलोपटक यस्तो स्तरीय र व्यापक स्वास्थ्य सेवा गाउँमै उपलब्ध गराउँदा स्थानीयवासीको अनुहारमा खुसी देखिएको छ। यो सफलता स्थानीय सरकार र स्वास्थ्यकर्मीहरूको समर्पण र लगनशीलताको प्रतिफल भएको आयोजकहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS