कमल कोपिला
२६ चैत कालिकोट । सुरक्षित कर्णाली विशेष अभियान २०८०” अन्तर्गत नागरिक सुनुवाइ तथा सचेतनामूलक कार्यक्रम नरहरिनाथ गाउँपालिकाको सभाहलमा मंगलबार सम्पन्न भएको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटको आयोजनामा गरिएको कार्यक्रममा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह विषयक छलफल र सचेतना फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताईएको छ ।

कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले गर्नुभएको थियो भने प्रमुख अतिथि नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्ट रहनुभएको थियो। विशेष अतिथिका रूपमा उपाध्यक्ष कमल कुमार शाह, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक डम्बर बहादुर शाही, प्रहरी नायव उपरीक्षक टेक बहादुर रावत, राष्ट्रिय अनुसन्धान विभागका सुन्दरमणि पोख्रेल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल, ईलाका प्रहरी कार्यालय कुमालगाउँका प्रमुख लगायत वडा अध्यक्ष, सचिव, शाखा प्रमुख, पत्रकार तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा “सुरक्षित कर्णाली २०८०” अभियानअन्तर्गत नरहरिनाथमा प्रहरिले गर्दै आएको शान्ति सुरक्षा कायम, सेवा प्रवाह सुधार, अपराध नियन्त्रण, सडक निर्माणका लागि विष्फोटक पदार्थको प्रयोग सम्बन्धी पहल, लालुमा अस्थायी प्रहरी चौकी स्थापनाको आवश्यकता, लागुऔषध नियन्त्रण, विपद् व्यवस्थापन तथा महामारीको पूर्वतयारीका विषयमा गहन छलफल गरिएको थियो।

अध्यक्ष र प्रमुख अतिथीले सुरक्षामा जनसहभागिता आवश्यक रहेको, प्रहरी र नागरिकबीच विश्वासको सम्बन्ध बढाउनु पर्ने, सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनु पर्ने र सुशासनमा प्रहरीको भूमिका अझ सक्रिय र उत्तरदायी बन्नुपर्ने कुरामा जोड दिनुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS