कमल कोपिला
२६ चैत कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाले पहिलोपटक स्थानीय सहिद दिवसको ऐतिहासिक सुरुवात गर्दै १६२ जना सहिद परिवारलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न गरेको छ।

गाउँपालिकाको १६ औं हिउँदे गाउँसभाबाट पारित निर्णयअनुसार २०८१ साल चैत्र २२ गते स्थानीय राजपत्रमा प्रकाशित गर्दै चैत्र २६ गतेलाई स्थानीय सहिद दिवसका रूपमा कानुनी मान्यता दिईएको हो।

कार्यक्रम नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टको अध्यक्षतामा, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य गंगा खड्का प्रमुख आतिथ्यतामा र माओवादी केन्द्र कालिकोट जिल्ला संयोजक डम्बरबहादुर शाही तथा प्रदेश सदस्य मनशोभा बुढा ‘आशा’को विशेष आतिथ्यमा सम्पन्न भएको हो । त्यस्तै, गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाह, विभिन्न वडाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी, कलाकार पाण्डब बिष्ट र रत्नकमल बिष्टको पनि सक्रिय सहभागिता रहेको कार्यक्रममा भावनात्मक वातावरण सिर्जना भएको थियो।

२०५५ सालको चैत २४ गते माल्कोटमा घटेको जनयुद्धकालीन घटनालाई स्मरण गर्दै यो दिवसको घोषणा गरिएको हो। उक्त दिन महिलाहरूले प्रहरीको राइफल खोस्दै प्रतिरोध गरेका थिए भने काली बिकको गोली प्रहारबाट हत्या भएको थियो। त्यस दिनदेखि माल्कोट विद्रोहको आगोमा जल्न थालेको इतिहास हो।

गाउँपालिकाका उपाध्यक्ष शाहले सहिद दिवस मनाउने प्रस्ताव गरेको स्मरण गर्दै अध्यक्ष बिष्टले सोही दिनलाई स्मरण गर्दै १६२ जना सहिदहरुको बलिदानलाई सम्मान गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। अध्यक्ष बिष्टले पनि त्यही दिनबाट नरहरिनाथको भूमिमा बन्दुक पड्केको, मान्छे मर्न र मार्न थालिएको इतिहासलाई स्मरण गर्दै दिवसको औचित्यलाई प्रस्ट्याएका थिए ।

सहिद दिवस तथा सहिद परिवार सम्मान कार्यक्रमको अवसरमा सहिद परिवारलाई बलाङ्केट उपहार दिइएको छ भने कार्यक्रमकै दिन गाउँपालिकाले सार्वजनिक बिदाको घोषणा गरी थप सम्मानजनक निर्णय लिईएको सहिद परिवारजनले बताएका छन । विशेष अतिथी आशाले राज्यसत्ताको मालिक बन्ने व्यवस्थामा महिलाहरूको योगदान र बलिदानलाई उच्च सम्मान दिन आग्रह गरिन्। त्यस्तै, विशेष अतिथी डम्बरबहादुर शाहीले सहिदको बलिदानबाट प्राप्त उपलब्धिको संरक्षणमा स्थानीय सरकारको भूमिकालाई सम्मान व्यक्त गरेका छन ।

कार्यक्रमका प्रमुख अतिथि गंगा खड्काले सहिद परिवारलाई सम्मानका साथै आरक्षणको व्यवस्था गर्नुपर्ने मागसमेत राखेकी छन । साथै, कार्यक्रममा बोल्दै उनले सहिदका सपना पुरा गर्न राज्यको सबै तहले संवेदनशील हुनुपर्नेमा जोड दिएकि हुन।

आज सम्पन्न, ऐतिहासिक र भावनात्मक कार्यक्रममा सहिद परिवार, नेतागण र सम्पूर्ण स्थानीय बासिन्दाले सहभागिता जनाउँदै, यो दिनलाई नरहरिनाथको गौरवको दिनका रूपमा सम्झिएका छन्। आगामी वर्षहरुमाझन व्यापक तरिकाले स्थानीय सहिद दिवस मनाउने अध्यक्ष बिष्टले प्रतिवद्दता व्यक्त समेत गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS